महिलाहरुले सञ्चालन गरेको बैंक्वेट सञ्चालनमा

महिलाहरुले सञ्चालन गरेको बैंक्वेट सञ्चालनमा

बनेपा/बनेपामा नयाँ सुविधा सहित बैंक्वेट सञ्चालनमा आएको छ । बनेपाको पुरानो तरकारी बजार बाट भित्र भक्तेश्वर मार्गमा नयाँ सुविधा सहित महिलाहरु मात्र सञ्चालक रहेको नमोबुद्ध बैंक्वेट तथा इभेन्ट प्रालि सञ्चालनमा आएको हो ।


३ करोड लगानीमा सञ्चालनमा आएको बैंक्वीट ४ जना महिलाहरुले सञ्चालनमा ल्याएका हुन । संगिता बुढाथोकी, भगवती तिमल्सिना, सुनिता लामा र सरस्वती भुुजेलले सञ्चालनमा ल्याएको बैंक्वेटमा १५ सय क्षमता भएको हल, १ सय ५० वटा कार र २ सय मोटरसाईकल अट्ने पार्किङ क्षमता रहेको र साढे ७ रोपनी क्षेत्रफलमा फैलीएको छ । अन्य भन्दा यस बैंक्वीटमा खानामा क्वालीटी, सर्भिस, गार्डन तथा फाउण्डेशन राम्रो भएको सञ्चालक संगिता बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार बैंक्वीट मापदण्ड अनुसार सञ्चालन भएको, ३० जनालाई रोजगारी दिने गरी सञ्चालन भएकोछ ।


बैंक्वीटमा सेमिनार, गोष्ठि, भिडियो सुट, फोटो सुट, नेपाली बाजा, व्याण्ड बाजा, लाइभ म्यूजिक, लाइभ कुकिङ, होल मटनको लागि अरु भन्दा राम्रो भएको र महिलाहरुको लगानी र व्यवस्थापनमा सञ्चालन हुने सञ्चालक भगवती तिमल्सिनाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal