आज पानी कहाँ कहाँ पर्ला ?


काठमाडौं ।देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । काठमाडौंसहित केही भूभागमा वर्षाको सम्भावना रहेको हो ।हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

काठमाडौंमा पनि वर्षाको सम्भावना छ । काठमाडौंमा बिहान नै केही स्थानमा छिटपुट वर्षा भइरहेको छ ।दिउँसो काठमाडौंका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।काठमाडौंका आज बिहान ५.४५ को न्यूनतम तापक्रम १३.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २४ देखि २६ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् दाहालले जानकारी दिए ।

विभागका अनुसार राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम सफादेखि आंशिक बदली रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशलगायत बाँकी पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम सम्भावना छ ।

विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।


प्रकाशित : २०८२ बैशाख २०, शनिबार

प्रतिक्रिया
भर्खरै प्रकाशित