सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले घट्यो


 काठमाडौं ।  नेपालीबजारमा सुनको मूल्य एक हजार एक सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार चार सय रुपैयाँ कायम भएको हो ।

यसअघि बिहीवार छापावाल सुन तोलामा १ लाख ९१ हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रकाशित : २०८२ जेष्ठ १०, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित