पशुपंक्षि तथा मस्यपालन सम्बन्धी नगरस्तरीय तीनदिने तालिम

पशुपंक्षि तथा मस्यपालन सम्बन्धी  नगरस्तरीय तीनदिने तालिम

पाँचखाल/ पाँचखालमा पशुपंक्षि तथा मस्य पालन सम्बन्धी नगरस्तरीय तीनदिने तालिम शुरु भएको छ ।
पशुपंक्षि सँगै मस्य पालनमा पनि पाँचखाल उचित ठाउँ भएको हुनाले मस्यपालनको समेत तालिम सञ्चाल नगरिएको पाँचखालनगरका पशुविकास अधिकृत दत्तप्रसाद गौतमले जानकारी दिनुभयो ।
तीन दिन चल्ने तालिममा नगरका १३ वडाका ३० कृषक सहभागि छन् ।

पाँचखाल नगर उप प्रमुख लक्ष्मी दनुवारले उद्घाटन गर्नुभएको तालिममा आईतबार प्रशिक्षक डा. हरि मानन्धरले प्रशिक्षण दिनुभयो । सोमवार भेटेरीनरी अस्पताल तथापशु विज्ञ केन्द्र काभ्रेका प्रमुख मंगलप्रसाद शाह तथा मंगलबार माछाका विज्ञ बालाजुका प्रमुख अग्नी नेपालले प्रशिक्षण दिनुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal