कोरेना बारे जनचेतना जगाउँदै विद्यार्थी र प्रहरीको टोली

कोरेना बारे जनचेतना जगाउँदै विद्यार्थी र प्रहरीको टोली

बनेपा/नेपाल विद्यार्थी संघ काभ्रे र ईलाका प्रहरी कार्यालय बनेपाले सर्वसाधारणहरुमा नोभल कोरोना भाईरसका बारेमा जानकारी गराउँदै सचेतना अभियान संचालन गरेका छन् । उनिहरुले कोरोना भाईरसका लक्षण र बच्ने उपायका बारेमा पर्चा तथा निशुल्क मास्क वितरण गरेको हो ।
नेपाल विद्यार्थी संघ काभ्रेले जिल्लाका सामुदायिक विद्यालयहरुमा माक्स वितरण गरेका छन् ।

जिल्लाका आजाद मावि बनेपा, शिक्षा सदन मावि र हिमालय मावि, चैतन्य माविमा माक्स र चेतनामुलक पर्चा वितरण गरेका छन् । नेपाल विद्यार्थी संघ काभ्रेका अध्यक्ष नृपेश बादे लगायतको टोलीले प्रत्येक विद्यार्थी र शिक्षकहरुलाई माक्स र चेतनामुलक पर्चा वितरण गरिएको थियो । पर्चा र माक्स जिल्लाका अन्य विद्यालयमा समेत वितरण गर्ने नेविसंघले जनाएको छ ।

पहिलो दिन आजाद मा वि मा ३०० जना, शिक्षासदन मा वि मा ४०० जना, हिमालय मा वि मा ३५० र चैतन्य मा वि मा ४०० जना विद्यार्थीहरु र शिक्षकहरु गरी १४५० जनालाई निस्सुल्क माक्स तथा जनचेतनामुलक पर्चा वितरण गरिएको नेविसंघ काभ्रेले जनाएको छ ।


‘नागरिकहरुलाई सचेत गराउने उदेश्यले नोभल कोरोना भाईरसका बारेमा जानकारी गराउँदै पर्चा र मास्क वितरण गरिएको हो’–ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले भन्नुभयो । बनेपाको मुख्य चोक चारदोवाटोमा इलाका प्रहरी कार्यालय बनेपाले माक्स र पर्चा वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal