मान्छेको ज्यान जाने गरि नख्खुमा विस्फोट गराउने विप्लवको पार्टी होः गृहमन्त्री

मान्छेको ज्यान जाने गरि नख्खुमा विस्फोट गराउने विप्लवको पार्टी होः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले ललितपुरको नख्खुमा भएको बम बिस्फोटनमा विप्लवको पार्टीको संलग्नता भएको जनाएका छन् ।

गृहमन्त्री थापाले एकजनाको ज्यान जाने गरी भएको नख्खु बम विस्फोटमा विप्लव समूहको संलग्नता देखिएको दावी गरेका हुन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री बादलले विगतमा उन्मुत्ति दिँदा संविधान विरोधी तत्वहरु हौसिएको बताए । नख्खु लगायतका स्थानमा भएको घटनाको विवरण प्रस्तुत गर्दै उनले भनेे, ‘समानान्तर सरकार चलाउने गरी अगाडि बढेको नेकपा विप्लव समूहले घटना घटाएको सूचनाहरु प्राप्त भएका छन् ।’

विप्लव समूहको पछिल्लो बैठकका निर्णयहरु सरकारले प्राप्त गरेको र त्यसले पनि विस्फोटका घटनामा उनीहरुको संलग्नता हुनसक्ने देखाएको उनले बताए । विप्लव समूहको योजना समानान्तर सरकार चलाउने भएको तर, अहिले लगानी सम्मेलनलाई लक्षित गरेर घटना घटाएको उनको दाबी छ । ।

गृहमन्त्री बादलले शान्ति सुरक्षा सुदृढ गर्न ठोस कार्ययोजना बनाउने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal