टिपरको ठक्करबाट आमाछोरीका मृत्यू, पनौतीमा स्थानीयको प्रर्दशन, भिड हटाउन हवाई फायर

टिपरको ठक्करबाट आमाछोरीका मृत्यू, पनौतीमा स्थानीयको प्रर्दशन, भिड हटाउन हवाई फायर

पनौती/ पनौतीमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यू भएको छ । मृत्यू हुनेमा खानीखोला गाउँपालिका वडा नं १ की ३३ वर्षीय जुनीमायाँ गोले र उहाँकी ३ बर्षिय छोरी स्मारीका गोले छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बनेपाबाट पनौती जाँदै गरेको बा ५ ख ५४८० नंम्बरको टिपरले ठक्करबाट आमा छोरीको मृत्यू भएको जानकारी एि । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि शीर मेमोरियल बनेपामा लगिएको र उनिहरुको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ ।
टिपर चालक रोशी गाउँपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटना पछि स्थानीयले पनौतीमा प्रर्दशन गरेका छन् । स्थानीयले प्रहरी विट भत्काईदिएका छन भने स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

तस्वीरहरु: रामकृष्ण बञ्जारा र रुपक महतबाट

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal