चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा दिनेश सिटौला विजयी

चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा दिनेश सिटौला विजयी

चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा दिनेश सिटौला विजयी भएका छन् ।

आज भएको केन्द्रीय कार्यसमितिको निर्वाचनमा कार्यक्रम उपाध्यक्ष पदमा जिवन पराजुली, महिला उपाध्यक्षमा दिपज्योती थापा, संगठन उपाध्यक्षमा कुबेर डङ्गोल विजयी भए । 

त्यस्तै महासचिवमा समीर बलामी, सचिवमा रघुनाथ सापकोटा, समावेशी सचिवमा विशाल हसिन राई, कोषाध्यक्षमा प्रदिप कार्की, सह कोषाध्यक्षमा बिनोद पोखरेल तथा सदस्यहरुमा दिपक गुरुङ, सुरक्षा भट्टराई, आशिष ओली, गोपीकृष्ण चापागाई, मिलन ढुङ्गाना, मनिष अन्जान, नवीन गिरी, सृष्टि पोखरेल विजयी भएका छन् । 

महिला उपाध्यक्ष, संगठन उपाध्यक्ष, कोषाध्यक्ष तथा केही समावेशी पदमा निर्विरोध निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal