पनौती टिपर ठक्कर : पीडितका आफन्तले चालकलाई कडा कानुनी कार्वाहीको माग, कर्फ्यु जारी

पनौती टिपर ठक्कर : पीडितका आफन्तले चालकलाई कडा कानुनी कार्वाहीको माग, कर्फ्यु जारी

पनौती/पनौतीमा सोमबार टिपरले किचेर मरेका आमा छोरीका आफन्तले चालकलाई कानुन अनुसारको कार्वाहिको माग गरेका छन् । उनिहरुले क्षतिपुर्ति भन्दा चालकलाई कानुन अनुसारको कडा कारवाहीको माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलमा भएको छलफलमा मान्छे मारे पछि क्षतिपुर्ति लिएर चालकलाई उन्मुक्ति दिने भन्दा पनि चालकलाई कडा भन्दा कडा कार्वाहिको कमाग गरेका आफन्तले प्रशसनले पीडितको माग अनुसार कारवाही गर्ने र कानुन अनुसारको क्षतिपुर्ति ब्यवसायीले उपलब्ध गराउने सहमति भए पश्चात शव बुझ्ने निर्णय भएको हो । प्रशासनले प्रतिवद्धता जनाएसँगै शव परिक्षण गरिएको छ । पीडितका श्रीमान मलेसियाबाट बुधबानेपाल फर्किए लगत्तै शव बुझेर अन्त्येष्टी गरिने परिवारले जनाएको छ । मृतकका श्रीमान छिरिङ भ्लोन रोजगारीको शिलसिलामा मलेशियामा छन् । उनले पनि क्षतिपुर्ति नभई चालकलाई कडा कारवाही गर्न माग गरेका थिए ।
आईतवार पनौतीबाट खोपासीतर्फ जादै गरेको बा.५.ख ५४८० नम्बरको टिपरको ठक्करबाट पनौती बसपार्कमा खानीखोला १ निवासी ३३ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षीया छोरी स्मारिका भ्लोनको मृत्यु भएको थियो ।
कर्फ्यु जारी
प्रहरी र स्थानीय बीचको झडपमा प्रहरी सहित केहि स्थानीय घाईते भए पछि प्रशासनले विहान ९ बजे देखि लगाएको कर्फ्यु अझै हटेको छैन । प्रशासनले तत्काल कर्फ्यु नहट्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बस्तुगत स्थित विश्लेषण गरेर मात्रै कर्फ्यु हटाउने जानकारी दिनु भयो । कर्फ्युका कारण पनौती क्षेत्र भित्रका सबै विद्यालयमा कक्षा ८ को नगर स्तरीय र अन्य केहि विद्यालयमा अन्य तहको परीक्षा समेत हुन सकेन ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal