विप्लव नेतृत्वको नेकपाले लियो नख्खु बिस्फोटको जिम्मा

विप्लव नेतृत्वको नेकपाले लियो नख्खु बिस्फोटको जिम्मा

काठमाडाैं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ललितपुरको नख्खु लगायत एनसेलका अन्य स्थानमा भएको बम बिस्फोटको जिम्मा लिएको छ ।

लुक्स नेपालगको सम्पर्कमा आएका विप्लव निकट ती नेताले भने, एनसेलका देशैभर रहेका टावरमाथि हमला गर्ने तयारी थियो र सोहि हनुरुप गरिएको हो । राज्यलाई कर नतिर्ने, नेपालीको पैसा विदेशमा लैजाने काम भएको र सर्वोच्च अदालतको आदेश समेत नमानेकाले बम बिस्पोट गराएका हाैं । तर त्यसमा मानविय क्षति हुन पुगेको छ त्यसमा हामी क्षमा प्रार्थी छाैं ।

शुक्रबार साझ नख्खुमा प्रेसर कुकर बम पड्किदा एक जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् । घाइतेको उपचार समेत भइरहेको छ । भने सरकारले घाइतेलाई उपचार र मृतकलाई राहत दिने घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal