म त स्वर्गमा छु झै लागिरहेको छ, जय लक डाउन

म त स्वर्गमा छु झै लागिरहेको छ, जय लक डाउन

म त स्वर्गमा छु झै लागिरहेको छ ।
……………………………………

घर भनेको स्वर्ग हो यसलाई सिंगार्नू पर्छ गीत सुनेको अहिले जीवनमै बजिरहेछ यो गीत ।

तीन दिन भयो आँगनमा पनि नगएको । तीन पुस्तासंगै बसिरहेछौ ।
न समयको मतलव छ न वारको न तिथि मितिको ।

सुत्न मन लाग्यो सुत्यो ।
खान मन लाग्यो खायो ।
एक्सरसाइज गर्न मन लाग्यो गरयो ।
फ़िल्म हेर्न मन लाग्यो हेरयो ।
पढ्न मन लाग्यो पढ्यो ।
लेख्न मन लाग्यो लेख्यो ।
गफ गर्न मन लाग्यो गरयो ।
नॉच्न हॉस्न गाउन जे मन लाग्छ गरयो ।

बाहिर चरा कराएको सुन्यो । खुल्ला आकाश हेरयो । धुँलो धुवा नभएर कत्ति मज्जा देखिएको छ आकाश ।

सफा देखिएका छन रुखहरु र चराहरु ।

जहिल्यै काम काम भनेर दौडियो । न आमालाई न छोरीलाई न बुढीलाई न भाईलाई बुहारीलाई समय दिन पाईने । अनि भयो चाहि के भनेर हेरयो उस्ता उस्तै ।

भोक भोकै दौड़िए पनि हात लागे शुन्य त रहेछ ।

दश बजे अफिसमा पुग्नु पर्ने छैन । कसैले फोन गर्ला र बित्दा भन्ने छैन ।
कहि केही हतार भयो भन्ने छैन । जति बेला जे गरे पनि भयो ।
अरुले मैले क्या गरे नि भनेर मपाईत्व दिने गफ सुन्नु परेको छैन । आफ्नो त काम पनि म को कथा लेख्ने परयो । त्यो बाहेक सुन्नु नपर्ने छ ।

सोचेको कुरा मैले गरेको भन्दा पनि ए हो है त्यस्तो तपाईं त भन्नु पर्ने !
अनि उहॉ महोदय चाहि हो नि ढकाल जी म त त्यस्तै हो भन्ने

उहॉले ढॉटेको मलाई थाहा छ ।
उहॉलाई त थाहै हुने भैहाल्यो ।
तैपनि उहॉ महोदय मुसुमुसु हॉस्ने
म पनि ओठ फिजारेरै बस्नु पर्ने ।

यो अनलाईन पनि म त धेरै हेर्दिन । के के न ब्रेक गरयो कि भन्यो अर्कोले ट्वीट गरिसकेको । फेसबुक युटुबमा हालिसकेको हाल्छन । ढाँट्नु हुदैन ।आधा घन्टा हेर्छु ।

आफ्नो तालमा तपाईहरु सबैको समय चलेको छ । यसलाई बुझ्नुस ।

अहिले यो रेष्ट पृथ्वीमा चाहिएको थियो र कोरना आयो । हामीले देश भिसा भने पनि पृथ्वी एकै हो भन्ने कोरानाले बुझायो ।

यसलाई सहि सदुपयोग गरौ । घर भनेको स्वर्ग हो यसलाई सिंगारौ । स्वर्गमा बसे झै आनन्द लिउ । बिमल नानी र सानीलाई मिस गरेको छु ।नत्र सबै परिवारसंग बस्दा मज्जा आईरहेछ

परिवारसंग नबस्ने अर्को समय आउन सक्छ फेरि के थाहा !

अहिलेको यो समयलाई भरपुर आनन्द लिऔ । परिवारसंग बसेर स्वर्गानुभुतिको अनुभव गरौ ।
जय लकडाउन ।

लेखक घाेष्ट राईटिङ नेपालका अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal