संयुक्त राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण

संयुक्त राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण

एजेन्सी । संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन् ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन् ।

राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमित मध्ये अधिकाशं युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन् । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि सङ्क्रमित भएका छन् । 

बिरामी भएका मध्ये अधिकाँश सामान्य अवस्थामा रहेको पनि उनले जानकारी दिए । उनीहरुले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको भनाई छ । 

राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा झन्डै चार हजार कर्मचारी मध्ये बिहिवार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए ।  त्यसैगरी भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसंघका कर्मचारीले अहिले नियमित रुपमा टाढा बसेर काम गरिरहेका छन भने अडिस आबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन । –एपी

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal