क्वारेन्टाइनमा नबस्नेलाई सरकारले कारबाही गर्ने

क्वारेन्टाइनमा नबस्नेलाई सरकारले कारबाही गर्ने

काठमाडौं । विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा नआउनेहरुलाई सरकारले कारबाही गर्ने भएको छ । उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले क्वारेन्टाइनमा नबस्ने तथा सरकारको सम्पर्कमा नआउनेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

चैत १ गतेबाट सरकारले विदेशबाट नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनिर्वाय गरिएको थियो ।

यसैगरि नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिइने भएको छ । उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने भनिएको छ । आइतवार बसेको उच्चस्तरीय समितिको बैठकले सो निर्णय गरेको हो ।

नेपाली नागरिक भएको प्रमाणित भएपछि नेपाल प्रवेश दिइने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal