नेपाल चैत्र २६ सम्म लकडाउन गर्ने मन्त्रीपरिषदकाे निर्णय

नेपाल चैत्र २६ सम्म लकडाउन गर्ने मन्त्रीपरिषदकाे निर्णय

काठमाडौं । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सरकारले थप ८ दिनका लागि लकडाउन गर्ने भएको छ । आइतवार बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

उच्च स्तरीय समन्वय समितिले १४ दिन लकडाउन गर्ने प्रस्ताव गरेपनि मन्त्री परिषद बैठकले मात्र ८ दिन लकडाउन गर्ने निर्णय गरेको हो ।

यससँगै चैत्र २६ गते सम्म देशभर लकडाउन हुने भएको छ ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो ।

सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । त्यसपछि पनि थप ८ दिन लकडाउन हुनेछ ।

कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal