चीनबाट ल्याइएको कोरोना टेस्ट गर्ने मेसिन वितरण

चीनबाट ल्याइएको कोरोना टेस्ट गर्ने मेसिन वितरण

काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले एक/एक हजार थान पीपीई सबै प्रदेशमा पठाउने निर्णय गरेको छ।

समितिका निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री कार्यालयका सचिव तथा समितिका सदस्य नारायण बिडारीले चीनबाट ल्याएको पोर्टेबल कोरोना परीक्षण मेसिन सबै प्रदेशमा पठाउने निर्णय भएको बताए।

दुई नम्बर प्रदेशमा १ थान, ५ मा १ थान, कर्णाली प्रदेशको सुर्खेतमा रहनेगरी १ थान र सदुरपश्चिममा १ थान पठाउने निर्णय भएको जानकारि दिएका छन् ।

मजदुर तथा पेशा व्यवसायीलाई राहतका लागि छलफल भइरहेको बिडारीले बताए। अत्यन्त आवश्यक वस्तुको आपुर्तिमा कमजोरी हुन नदिने पनि निर्णय भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal