यातना दिएकाे २२ दिन पछि महिलाकाे मृत्यु

यातना दिएकाे २२ दिन पछि महिलाकाे मृत्यु

ललितपुर / गत फाल्गुन २५ गते अाफ्नै सासु, ससुरा, नन्द र श्रीमानले शारिरिक यातना दिएर सख्त घाईते भएकि
महांकाल गाउँपालिका वडा नं २, साविक मानिखेल ७ हर्केडांडा, ललितपुर निवासि सानुमाया स्याङतानकाे २२ दिन पछाडि मृत्यु भएकाे छ ।

चैत्र १६ गते बेलुका १२ बजे नाक र मुखबाट अत्याधिक रक्तश्राव मृत्य भएकाे परिवारजनले बताएकाे छ । माईतिपक्षले भने १७ गते बिहान ८ बजे मात्र घटनास्थलमा मृतककाे शव देखेकाे बताएका छन् । शव देखेपछि घटना स्थलको प्रकृति हेर्दा स्वभाविक मृत्यु भयको जस्तो देखिएन। स्थानीय प्रहरीलाई हामिले खबर गर्यौं। मृतकका माईतिपक्षले बताए । नेपाल प्रहरीको चापागाउँ वृतबाट अनुसन्धानको विज्ञ टोली आई लासको सर्जमिन मुचुल्का तयार गरि थप अनुसन्धानका लागि शव जांचको लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाईएको छ ।

सम्बन्धित निकायबाट शुक्ष्म ढंगले अनुसन्धान गरि अपराधीहरूलाई कडा भन्दा कडा कार्वाही भयमा छोरी सानुमायाको आत्माले शान्ति पाउने परिवारजनले माग गरेका छन् । यस घटनालाई निष्पक्ष छानविनको लागि आवश्यक सहयोग गरिदिनुहुन नेपाल प्रहरी, मानव अधिकार संघसंस्था, पत्रकार ज्यु हरू,महिला अधिकारकर्मी हरू, स्थानीय जनप्रतिनिधि लगायत सम्पुर्ण सरोकारवालाहरूमा अनुराेध गरेका छन् । यातना दिएकाे २२ दिन सम्म पनि सानुमाया अशक्त अवस्थामा रहेकि थिईन ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal