काभ्रेेेेेेेेेेेपलाञ्चाेक,

पांचखाल नगरपालिकाले कोरोनाको संक्रमण न्यूनीकरण तथा रोकथामका लागि डिसइन्फेक्टेन्ट स्प्रे छर्केको छ । नगरभित्र रहेको प्रत्येक वडाको मानिसहरु जमघट हुने पाँचखाल नगरपालिका, अरनिको राजमार्गको बजार एरियाबाट स्प्रे छर्किन सुरु गरिएको नगर प्रमुख महेश खरेलले जानकारी दिनुभयो ।


नगर प्रमुख महेश खरेल, प्रमुख प्रशसकीय अधिकृत लोक बहादुर भण्डारी, वडा अध्यक्षहरु सन्जय तामाङ, अष्ट बहादुर लामा, सुन्दर अधिकारी, सुन्दर तामाङ, समजसेवि कुमार लामिछने, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, स्वास्थ्य प्रमुख उज्वल अधिकारी, नगरपालिका कर्मचारी, सशस्त्र प्रहरी पाँचखाल लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
डिसइन्फेक्टेन्ट स्प्रे छर्कन सशस्त्र प्रहरी कार्यालय पाँचखालको बिशेष सहयोग रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal