अलपत्र परेका अष्ट्रेलियन लिएर उड्याे विमान

अलपत्र परेका अष्ट्रेलियन लिएर उड्याे विमान

काठमाडौं । लकडाउनका कारण नेपालमै अलपत्र परेका अष्ट्रेलियाका पर्यटक बुधबार घर जान पाएका छन् । बुधबार २ सय ५७ जना अष्ट्रेलियाली पर्यटक लिएर नेपाल एयरलाइन्सको विमान ब्रिसबेन जानेछ ।

नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको हो । इतिहासमै पहिलोपटक अस्ट्रेलियाली आकाशसम्म सिधा उडान हुन लागेको नेपाल एयरलाइन्सका अपरेसन बिभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal