पांचखाल नगर भित्रका भट्टी तत्काल बन्द गर्न मेयर खरेलकाे निर्देषन

पांचखाल नगर भित्रका भट्टी तत्काल बन्द गर्न मेयर खरेलकाे निर्देषन

काभ्ररेपलाञ्चाेक / काेराे भाईरस काे संत्रासले लक डाउनका बेला भट्टी पसलमा मानिसहरुको भिड लागेको गुनासो आएपछि पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले छड्के अनुगमन गर्नुभएको छ । उहाँले मंगलबार साँझ तीनपिप्ले, तामाघाट, समाजकल्याण चोक, लामिडाँडा र जिरोकिलो क्षेत्रको बजार अनुगमन गर्नुभएको हो ।

बजार अनुगमनका क्रममा भट्टी पसलहरु निर्वाध रुपमा खुलेको देखेपछि नगर प्रमुख खरेलले तत्काल बन्द गराउनु भयो पुनः दोहोर्याएर पसल खोले सञ्चालकलाई पक्राउ गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । लकडाउनको अर्थ नबुझि भट्टी पसल खोलेर हुलहुज्जत गरेपछि मेयर खरेल आफै अनुगमनमा निस्कनुभएको थियो । ‘यो महामारीका बेला रमाइलो गर्ने समय होइन, नगर प्रमुख खरेलले भन्नुभयो ‘आफ्नै घरभित्र बस्ने, सुरक्षित रहने, तर अहिले त्यस्तो देखिएन, त्यसैले कडाइ गर्न आफै निस्किए ।’

मेयर खरेलले भट्टी पसल खोलेको जानकारी आउन साथ तत्काल एक्सन लिन सुरक्षा निकायलाई अनुरोध समेत गर्नुभएको छ । ‘अत्यावश्यक चिजको पसल निश्चित दुरी कायम गरेर खोल्न भनेका हौँ, सुर्ती र मदिरा जन्य वस्तु अत्यावश्यक चिज भित्र पर्दैन, मेयर खरेलले भने ‘अब देखि खोलेको भेटिए सञ्चालक समेत पक्राउ पर्छन् ।’

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal