लक डाउन पछि देश कता ?

लक डाउन पछि देश कता ?

देवप्रकाश त्रिपाठी/

लकडाउन भएर घर भित्र पस्दा हामीले जस्तो परिबेस छोडेका थियौं , अब बाहिर निस्कदा त्यस्तो अवस्था रहने छैन। पर्यावरणमा सुधार भएको हुनेछ ।

होटल तथा पर्यटन ब्यबशाय सबैभन्दा सङ्कटमा पर्न सक्छ, हवाई र यातायात ब्यबशाय पहिले झै रहने स्थिती नहुनसक्छ, निजी स्कुल कलेजको शुल्क बुझाउन सक्ने अवस्थामा अभिभाबक हुने छैनन । ब्यापारी तथा उद्यमीहरूले किस्ता बुझाउन सक्ने छैनन र लिलामी सकार्न सक्ने क्षमता पनि मानिसमा नहुन सक्छ , बैकहरु धराशायी हुनसक्छन, जग्गा जमिन किनबेचमा भारी मन्दी आउनेछ, ठूलठूला मल, अपार्टमेण्ट , प्लटिङ ब्यबशाय धराशायी हुने देखिन्छ ।

बिदेशिएका अधिकाङ्श नेपाली घर फर्कनेछन, रेमिट्यान्सबाट लाभान्वित हुने स्थिती रहनेछैन । बिदेशीबाट आउने अनुदान सहयोग तथा सहुलियतपूर्ण ऋणमा भारी कटौती हुने सम्भावना देखिन्छ, नेपाललाई दिने भनिएको अनुदान ( एमसीसी ) समेत अमेरिकाले दिन नसक्ने भयो भने आश्चर्य हुने छैन , कर्मचारीलाई तलब दिन नसक्ने अवस्थामा राज्य पुग्नसक्छ। त्यसैले सबैभन्दा पहिले हरेक नेपालीले अब घरबाट निस्कदा आफ्नो नया जन्म भएको र सुन्यबाट जीवन सुरु गर्नुपर्छ भन्ने मानसिकता बनाउनुपर्ने देख्छु। राज्यले लकडाउन पछिको अवस्था सहज बनाउन अहिले नै नया नीति र कार्यक्रम तर्जुमा गर्न आवश्यक छ ।

राजनीतिजीबीहरुको सङ्ख्यामा भारी कटौती हुनुपर्छ , सङ्घिय प्रणाली खारेजी राष्ट्रिय खर्च घटाउने एउटा प्रभावकारी माध्यम हुन सक्छ। आफ्नो परिवार पाल्न आफैले कृषि उत्पादन गर्ने नीति ल्याइनुपर्छ , नया भुमिसुधार नीति लागू गरि जमिनको बितरण गरिनुपर्छ। कर्मचारीको सङ्ख्या कटौती गरिनुपर्छ। आन्तरिक पर्यटन प्रबर्धन गरिनुपर्छ । अन्नबाली , तरकारी, जडिबुटी र पशुपालनसङ्गै गाजाखेतिलाई पनि प्रोत्साहन गरिनुपर्छ। करको दायरा र दर घटाइनुपर्छ । निर्वाहमुखी कृषि प्रणालीले राज्यको दायित्व खुकुलो बनाउन सहयोग पुर्‍याउन सक्छ।

सनातनी सभ्यतामा आधारित सामाजिक एबम शैक्षिक प्रणालीको बिकाश गरिनुपर्छ । यदी समयले मागेको आमूल परिवर्तनको नेतृत्व बर्तमान सस्थापन ( बामपंथी काङ्ग्रेस , बामपंथी कम्युनिस्ट र पन्च – फोरम आदि) बाट हुन सकेन भने देशमा नया सस्थापनको बिकास हुने निश्चितप्राय: छ । नेपाल बनाउन सकिने ठीक बिन्दुमा हामी आइपुगेका छौ, अवसरको सदुपयोग गरौँ, धैर्य र संयमका साथ अघि बढ्ने प्रण गरौं । सबैको शुभ होस जय होस।

( पत्रकार त्रिपाठीको फेसबुकबाट)

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal