बनेपा वडा नम्बर २ का अत्ति बिपन्न्नलाई राहत

बनेपा वडा नम्बर २ का अत्ति बिपन्न्नलाई राहत

नाला/ बनेपा नगरपालिका वडा नम्बर २ ले आफ्नो वडा भित्र रहेका अति बिपन्न परिवारलाइ राहत बाँडेको छ ।

वडाका अति बिपन्न परिवार छनौट गरि राहत बितरण गरिएको वडा अध्यक्ष हरिशरण घिमिरेले जानकारी दिनुभयो । राहत प्याकेजमा १५ किलो चामल, १ किलो दाल, १ किलो चिनी, १ प्याकेट नुन, १ लिटर तेल, २ वटा साबन र अत्यावश्यक समाग्री बितरण भएको छ ।

वडा अध्यक्ष घिमिरे, वडा सदस्यहरु गंगाप्रसाद घिमिरे, नवराज घिमिरे, कमला घिमिरे, रुपा मिजार, वडा सचिव रामनाथ कायस्थ, सहायक वडा सचिव नन्दप्रसद घिमिरे लगायतले राहत सामाग्री बितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal