पाँचखाल ८ ले घर घरमा किटनाशक औषधि छर्ने

पाँचखाल ८ ले घर घरमा किटनाशक औषधि छर्ने

होक्से/ पाँचखाल वडा नम्बर ८ ले वडा भित्र रहेका टोल तथा बस्तिमा किटनाशक औसधि छर्न सुरु भएको छ ।


वडा अध्यक्ष संजय तामाङले वडामा दमकल जाने ठाउँमा दमकल बाट औषधि छर्किएको तथा दमकल नजाने ठाउँमा वडाबाट ब्यक्ति खटाएर घर घर औषधि छर्किन सुरु गरिएको जानकारी दिनुभयो ।


औषधी छर्न वडाले ६ जना ब्यक्ति खटाएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि साथै अन्य सरुवा रोगको विरुद्धमा औषधि छर्किएको वडा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal