कोरोना, सरकार अनि नागरिकको अवस्था

कोरोना, सरकार अनि नागरिकको अवस्था

धन सिंह विष्ट/

आफू जन्मिदा सालनाल गाडे को गाउँ ठाउँ कसलाई प्यारो नलाग्ला र ! त्यही प्यारो गाउँ ठाउँ अनि देश लाई चट्टै माया मारेर विदेशी भूमि तर्फ रोजगारी को लागि आफ्नो परिवार र देशलाई छोड्न बाध्य भएर जाने गरेका दाजु भाइ दिदी बहिनी हरू अहिलेको कोरोना भाइरस को महामारी संक्रमण बाट मरे पनि आफनै देश मा मरौ भन्ने सोच विचारले त्यही जन्मिएको माटो मा फर्किन चाहान्छन्।

यही अवस्था मा कोही दाजु भाइ रोग लियर भए पनि फर्की सके भने, कोहि संक्रमण कै अवस्था मा विदेशी भूमि मै छन्,कोही नेपाल फर्किन चाहान्छन् भने कोही सिमाना मै भोक भोकै अलपत्र परेको अवस्था मा छन्। त्यस्तै नेपालको पश्चिम तिरका पदेशमा रहेका केही जन्ता आफ्नो दैनिकी चलाउनुको लागि छिमेकी देश भारत मा रोजगारी को लागि विदेशिने चलन छ। यस समयमा विश्व भरी महामारी फैलिएको कारणले ती दाजु भाइ दिदी बहिनी आमाबुवा र गर्वपती महिलाहरू पश्चिमी सिमाना हरू जस्तै, दार्चुला, पञ्चेस्वर, गडा चौकी, आदि सिमाना मा अलपत्र परेको अवस्था को तस्बिर ,समाचार आदि देख्दा सबैको मन मा पीडा बाहेक अरु केही बाचेको छैन।

आफ्नो ज्यान भन्दा प्राण प्यारो गाउँ ठाउँ आमाबुवा जन्मिएको देश मै बस्नको लागि सिमाना मा रहेको महाकाली नदी मा हामफाली पार गर्दैछन् भने कोही ट्यूब मा नदी पार गरी यात्रा गर्दैछन्।यो भन्दा बढी देशको माया कसलाई होला र ?

यता नेपाल सरकार, प्रदेश सरकार अनि स्थानीय सरकार कानमा तेल हालेर कुम्भकर्ण जस्तै मस्त निन्द्रामा रहेको देखिन्छन् । यस्ताे महामारी को अवस्था आइसक्दा समेत सरकारी अस्पताल मा खटि रहेका स्वास्थ्यकर्मी संग आवश्यक औषधि हरू स्रोत साधन तथा मेसिनरी औजार हरू छैन् । देशको लागि आफै मरी मरी सेवा गर्छु भनी खटि रहने स्वास्थ्यकर्मी , सुरक्षाकर्मिहरू आफै असुरक्षित हुनका साथै आवश्यक पर्ने श्रोतः साधन मेसिनहरु छैन। यसको अर्थ विश्व युद्धमा सेनालाई बिना हातहतियार लडाए जस्तै स्वास्थ्यकर्मी र सुरक्षाकर्मि दाजुभाइ हरुलाई महामारी कोरोना संग लड्नुस भनिए जस्तै बुझ्न सकिन्छ।

त्यस्तै देशमा लुटिखाने धनीमानी मानिएका ठूला निजी अस्पताल हरू मा कोरोना बाहेका अन्य बिरामी लाई चेक जाँच को लागि लैजादा समेत अस्पताल को ढोका बन्द रहेको देखिन्छ र यस्तै गम्भीर महामारीमा समेत गैरजिम्मवारपूर्ण नियत देखाएको नेपाल सरकारले चीन स्नगको स्वास्थ्य सम्बन्धी उपकरणहरू खरिद प्रक्रिया मा गलत बाटो अपनाएको देखिएको छ।देशमा महामारी भई देश ध्वस्त भई रहेको अवस्थामा स्वास्थ्य सम्बन्धी उपकरण हरू बाटै भष्टाचार भएको समाचार हरु सुन्दा सरकारले अब केही गर्छ की भन्ने आशामा रहेका सबै जनताको मन मा सरकार प्रतिको विश्वास भरोसा गर्ने ठाउँ सकिएको छ।

त्यसर्थ नेपाल सरकारलाई मेरो अनुरोध छ कि सिमाना भोक भोकै अलपत्र रहेका जनताको आबस्यक चेक जाँच गरी आफ्नो भूमि प्रवेश गरियोस्,देश भरी का स्वास्थ्यकर्मी तथा सुरक्ाकर्मी र खाद्यान्न अभाव लाई मध्यनजर गरिदिनुस्।आबस्यक औषधि स्रोत साधन मेसिनरी उपकरण को नियम अनुसार खरिद गरियोस् र जन्ता भए सरकार छ जन्ता नैं छैन भने सरकारको महत्त्व छैन। त्यसर्थ आऊ हामी सबै मिली यस महामारी संग एकजुट भई लाडौ आज एक मुठी सास भए भोलि सब थिक्त छ ।

धन सिंह विष्ट
पाटन ६ बैतडी
हाल क्रितिपुर काठमाडौं नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal