मण्डनदेपुर नगरको दुध नभर्ने निर्णय, किसानहरु आक्रोसित

मण्डनदेपुर नगरको दुध नभर्ने निर्णय, किसानहरु आक्रोसित

कुन्ता/ विश्व कोभिड १९ (कोरोना)को नेपाल लगायत धेरै देश लकडाउनमा छन् । लकडाउनमा भएपनि दुध, तरकारी, खाद्यान्न लगायतका सामाग्री संकलन गर्न तथा बजार सम्म लैजान नेपाल सरकारले रोकेको छैन् । तर नेपाल सरकारको निर्णयलाई अवज्ञा गर्दै मण्डनदेउपुर नगरपालिकाले दुध संकलन नगर्न निर्णय गर्दै विज्ञप्ती जारी गरेको छ ।

नगरले विज्ञप्ती जारी गरेपछि स्थानीय कृषकहरु भने आक्रोसित भएका छन् । दुध र तरकारीमा आश्रीत किसानहरुले नगरलाई आफ्नो निर्णय सञ्चाउन भनेका छन् । केहिले सामाजिक सञ्जाल फेसबुकमा निर्णयको कपी राख्दै किसानहरुको समस्याका सहयोग भन्दा पनि बन्द गर्नु स्थानीय सरकारको कमजोरी रहेको बताएका छन् । दैनिक दुध बेचेर जिविको चलाउँदै आएका किसानहरु दुध भर्न दुध सहकारीहरुलाई अनुरोध गरिरहेका छन् । मण्डनदेउपुर नगरपालिकामा मात्र दैनिक १० हजार लिटर दुध संकलन हुने गथ्र्यो ।


दैनिक दुध बेचेर गुजारा चलाउँदै आउनुभएको मण्डनदेउपुर ८ मुलावारीकी मञ्जु ठकुरीलाई दुध बेच्न नपाएर समस्या भएको छ । दैनिक ३० लिटर दुध बेच्दै आउनुभएको ठकुरीले त्यहि पैसाबाट परिवार तथा गाई पाल्दै आउनुभएको छ । दुधको आम्दानीबाट परिवारलाई चाहिने आवश्यक पर्ने नुन, तेल देखि खाद्यान्न तथा गाईलाई चाहिने दाना, ढुटो, घाँस किन्ने गर्नुभएको ठकुरीले दुध बेच्न नपाउँदा धेरै नै समस्या परेको गुनासो गर्नुभयो । ‘थोरै भएपनि खाएर सकाउँला भन्नु, ३० लिटर दुध के गर्ने गर्ने । केहि छिमेकमा बाँडिदिन्छु नत्र त त्यत्तिकै खेर गयो । बेच्न पाए पनि आम्दानी हुन्थ्यो ।’–उहाँले भक्कानिदै भन्नुभयो । ऋण गरेर ५ वटा गाई पाल्नुभएको उहाँले मासिक किस्ता २५ हजार तिर्नुपर्छ ।


कुन्तामा सञ्चालन रहेको उमादेवि दुग्ध सहकारी संस्थाका अध्यक्ष विनोद पौडेलले नगरले गरेको दुध भर्न नपाउने निर्णय सच्याउनुपर्ने बताउनुहुन्छ । ‘के गर्नी गुनासो आउँछ । किसानहरु दुध कटाईदिनुस भन्छन् । तर नगरले दुध संकलन नगर्ने भन्यो । दुध भर्न गाडी नै नल्याउनुस भन्नुभयो नगर प्रमुखले । पौडलले पाँचखाल १ अनेकोटबाट दुध भरेर ल्याउने क्रममा मण्डनदेउपुर ८ छिनेको पैह्रोबाट नगरले दुध ल्याउन नदिएको समेत गुनासो गर्नुभयो । उमादेविले मात्र दैनिक १९ सय दुध संकलन गर्ने गरेको उहाँको भनाई छ ।


मण्डनदेउपुरले दुध नभर्ने निर्णय गरेपछि किसानका विभिन्न संघ संस्थाले विरोध जनाएका छन् । अखिल नेपाल किसान महासंघ काभ्रेका इञ्चार्ज बासुदेव उपाध्यायले किसानको दुध संकलन नगर्ने निर्णय नगरले तत्काल सच्याउनुपर्ने बताउनुभयो । नेपाल सरकारले नै अत्यावश्यक सामाग्री संकलन तथा ढुवानी गर्न भनिरहेको समयमा मण्डनदेउपुरले रोक्नु निन्दनीय भएको उहाँको भनाई छ । ‘भिडभाड नगरी भर्न पाउनुपर्छ, दुध संकलनलाई नगरले सहज बनाउनुपर्छ । तुरुन्त निर्णय सच्याएर नगरको गलत कार्यलाई सच्याउन अनुरोध गर्दछु ।’

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal