पूर्व सांसद तिर्थ लामाद्वारा विपन्न परिवारलाई खाद्यान्न बितरण

पूर्व सांसद तिर्थ लामाद्वारा विपन्न परिवारलाई खाद्यान्न बितरण

काभ्रेपलाञ्चाेक । बिश्वब्यापी रुपमा फैलिएको माहामारी कोरोना भाईरस (COVID-19) को कारण लकडाउनको समस्या परेको अबस्थामा पूर्व सांसद तिर्थ लामाले आफ्नो व्यक्तिगत तर्फबाट खानीखोला गाउपालिका वडा नम्बर १ र वडा नंबर ४ मा विपन्न तथा खाध्यान्न अभाब भएका परिवारलाई खाद्यपदार्थ बितरण गरेका छन् ।

आम जनतामा आएको समस्याहरुलाई आफ्नो ब्यत्तिगत तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका उनले सो अबसरमा अति बिपन्न परिवारलाई थप सम्पर्कमा ल्याउन सबैमा अनुरोध गरे । कोरोना भाईरसको कारणले गर्दा अति बिपन्न परिवारलाई झन संकटमा पर्ने खतरा बढेको भन्दै पूर्व संसाद तिर्थ लामाले आफ्नो ब्यत्तिगत तर्फबाट सहयोग गर्ने र यस दुखत घडीमा सरकारको मुख मात्र ताकेर मात्र समस्या समाधान नहुने बताए ।

उनले भने, ‘म आफु लाई सम्पर्क गर्न समस्या भएमा खानीखोला गाउपालिका वडा ४ को वडा अध्यक्षको उम्मेदवार तथा आदिवासी जनजाति महासंघको जिल्ला सदस्य क्षेत्र वाईवा सगं सिधा सम्पर्क गर्न अनुरोध गर्दछु ।’ यस संकटको घडिमा संकटमा परेका परिवारलाई सबैले मिलेर सहयोग गर्न सम्पूर्णमा आवाहन समेत उनले गरे ।राहत वितरण कार्यमा थप सहयोग गरेकोमा क्षेत्र वाईवालाई पूर्व संसाद लामाले धन्यवाद समेत प्रदान गरे । अगामी दिनहरूमा पनि यस्तै अपेक्षा गरेको नेबिसंघ नेता प्रेम थोकरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal