कोरनाको दु:ख नहेरौ, सुख हेरौ

कोरनाको दु:ख नहेरौ, सुख हेरौ

कमल ढकाल /

१५ दिन भयो लकडाउनको । ……..म त ऑगनमा पनि गएको पनि छैन र जान्न्न पनि केही हुदैन भनेर । विश्वभर के हुन्छ र भन्ने देशहरु र मान्छेहरु नै शिथिल भएका यो समय हो ।
यो समय राम्रो फ़िल्म हेर्ने समय हो ।
राम्रो पुस्तक पढ्ने समय हो ।
परिवारसंग बसेर मीठो पीठो जे छ हॉसेर खाने समय हो ।
पुराना पुराना साथीलाई फ़ोन गर्ने
ध्यान , योग प्राणायाम भजन गर्ने ।
सिर्जनशिल कामहरु हेर्ने र गर्ने समय हो ।

जे मा मज्जा आउछ त्यही गर्ने तर घरमै बसेर ।

कोरना पछिको विश्व के हुने हो चिन्ताको बिषय छ । हेर्नै मन लाग्दैन कोरना केस गुगलमा लासको संख्या बढेको मात्र देखाउछ घट्ने कुरै छैन ।तैपनि फेरि हेर्छु ।

बैशाख ३ सम्म लकडाउन भयो भनेर टेन्सन नलिनुस । घरमै बस्नुस ।यो त पुरै बैशाख जान सक्छ ।अझ कति के केही थाहै छैन । नेपालमा भर्खर फाटफुट छ । मृत्युको महामारी देख्न पनि नपरोस् ।

यसको ल्यान्डिंग कसरी हुने ? कति मान्छे मर्ने ? कति बिमारी रैरहने ? अर्थतन्त्र कस्तो बन्ने ? बेरोजगारी कति बढ्ने ? कहिलेसम्म हुने ? प्रश्न कत्ति छन कत्ति कोरनाले ल्याएको ।

संसार भर सबै मान्छेले एकै पल्ट एकै कुरा दिमागमा राखेको र पृथ्वीले पनि रेस्ट खोजेको समय हो यो । त्यसैले तपाईं पनि घरमै रेस्ट गर्नुस ।

मलाई त क्या दिक्क लागिसक्यो नभन्नुस ।

कोरना सकिने बित्तिकै आर्थिक समस्याले बिश्व तहस-नहस हुन्छ , हुन्छ । को कहॉ कसरी पुग्छ केही भन्न सकिन्न ।

सर्वसाधारणलाई बैकको किस्ता , भाडा रोजगारी र खानपानकै लगायत अनेकानेक समस्या आउनेछन ।
सामान्य मान्छे असमान्य र असमान्य मान्छे सामान्य बन्ने समय आउन सक्छ ।

तपाईले पनि आफ्नो , परिवारको अफिसको योजना बनाउनुस।

कोरनाको कसरी अन्त हुने र त्यसपछि के गर्ने विज्ञ राखेर योजना बनाईहाल्न सरकारलाई मेरो अनुरोध छ ।

सके संसारलाई सिकाउने मोडल बनाउँ ।
नसके देश अनुसारको मोडल बनाउ ।
कोरनाको सचेतता हेर्दै सरकारले पनि यसको दु:ख हैन सुख लिन सक्ने प्लान बनाउनु जरुरी छ ।

यो मेरो सुझाव हो नेपाल सरकारलाई ।

समय बदलिदै गईरहेको छ ।
अमेरिकाले चाईनालाई थर्काईरहेको छ ।
अष्ट्रेलियन प्रमले बोलिसके कोरनाको मृत्युको जिम्मा चाईनाले लिनु पर्ने भनेर ।
चाईनाले लिने ,नलिने ,लिए कसरी लिने केही भनेको छैन ।

एक बिश्व चाईनले र अर्को अमेरिकाले लिड गर्ने प्रष्टता देखिदै गएको छ ।

यहि कारणले केही समय पछि अर्को युद्ध विश्वमा पर्न पनि सक्छ ।

हरेक देशका सरकार कोरनाको पछि कुदेका छन् ।
मानव जातिकै लागि आएको यो समस्याबाट हामी सर्व साधारण सचेत हुने हो ।
नेपालमा के हुने विश्वमा के हुने हाम्रो बसको कुरा हैन ।
त्यो सरकारको जिम्मा हो ।
हुने कुरा गर्दा सरकारलाई सहयोग नहुने काम हुदा विरोध गर्ने काम नागरिकको हो ।

त्यो पनि गरौ तर घरमै बसेर ।

हामी आत्तिन पर्दैन । आत्तिएर बाहिर निक्लदा ५०० जना लिन यमलोकबाट आएको कालले ५००० लिएर गएको उदाहरण हाम्रो धर्मशास्त्रमा पढेको छौ ।नपढेको भए पनि बुझौ नमर्ने मान्छे आत्तिएर यता उता गर्दा बढी मृत्यु हुन्छ ।

जहॉ जे सुकै होस् पानी र नुन तताएर खानु परे पनि घरमै बसौ ।
संसारको सबैभन्दा ठुलो कुरा स्वास्थ्य , र घर परिवार हो । स्वास्थ्य रहन पहिले बॉच्नु पर्छ भन्ने कोरनाले सिकाएको छ ।

घरमा बसे बॉचिन्छ । बाहिर हिडे भन्न सकिन्न ।

त्यसैले लकडाउन थपिरहदा मीठो पिठो जो खाए पनि परिवारसंगै बसौ । घर बाहिर नजाउ। जिउ ज्यान रहे घिउ फेरि दुख गरेर खाउला । महामारीमा जिउँ जोगाउ । अनिकालमा बिउँ जोगाउ ।

कोरनाको दु:ख नहेरौ, सुख तिर हेरौ र सचेत बनौ । घरमै बसौ ।

कमल ढकालकाे फेसबुकबाट,

(लेखक – घाेष्ट राईटिङ नेपालका अध्यक्ष हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal