प्रधानमन्त्रीकाे सम्बाेधनकि समिक्षा ?

प्रधानमन्त्रीकाे सम्बाेधनकि समिक्षा ?

काठमाडौं । कोरोनाको महामारि बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बहुप्रतिक्षित सम्बाेधन समीक्षामा सिमित भएकाे छ ।

ताेकिएकाे समय भन्दा केही समय ढिला गरि देशवासीका नाममा बालुवाटारबाट नेपाल टेलिभिजनमार्फत प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।

सम्बोधनकोे दौरान ओलीले सरकारविरुद्ध बेमौसमी प्रजारबाजी भैरहेको बताए । नयाँ कुरा गर्न नसकेका प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारीलाई नछाड्ने पुरानै कुरा दोहोर्याए ।

सञ्चारमाध्यमको आलोचना गरेका प्रधानमन्त्री ओलीले गरिब जनता लक्षित कुनै घोषणा गरेनन् । सरकारलाई लागेको भ्रष्टाचार आरोपको प्रतिवाद गरेका प्रधानमन्त्री ओलीले अझै केहीदिन सारोगार्हो झेल्न जनतालाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal