सतर्कता , धैर्यता र एकताको समय

सतर्कता , धैर्यता र एकताको समय

-अनुज थापा

देश लकडाउनको तेस्रो हप्तामा छ ।
म घरमा बस्दा मिनेट मिनेटमा कोरोनाको मात्रै समाचार हेरेर बस्दिन । निश्चित समयमा मात्रै अपडेट हुने र बाकि समय पुस्तकहरू पढ़ने , साहित्य रचनाहरू गर्ने ,घरको सरफाई गर्ने , खानाहरू पकाउने , परिवारको सदस्यहरूसंग अन्तरंग कुराकानी गर्ने , नियमित व्यायाम गर्ने , शिक्षाप्रद र मनोरन्जनात्मक सिनेमा हेर्ने गरेर बिताईरहेको छु । तपाईहरूपनि यस्तैयस्तै गरेर समय बिताउने मात्र नभई फलदायी र सम्झनलाएक सम्झनाहरू वनाईरहनु भएको होला ।

यस्तो बिपत्तिको वेला अनावस्यक र भ्रम फैलाउने , रिस-द्वेष बढाउने , भड्काउने , उग्र र उस्रिन्खल खालको समाचारहरू सेयर गर्ने साथै संजालमा लेख्ने नगरौं । यस्तो कठिन समयमा पनि अनावस्यक राजनिति गर्ने , खुट्टा तान्ने , आफ्नो स्वार्थ मात्रै पुरा गर्ने खालको अभिव्यक्ति र गतिबिधी कसैले पनि नगरौं । बिज्ञहरूनै अनबिज्ञहुनेगरि नजानेको नबुझेको बिसयमा धेरै जानकार नवनौ । अभिव्यक्ति स्वतन्त्रताको मर्यादामा रहेर सदुपयोग गरौं । यो धैर्यता , सहयोग र एकताको समय हो ।

सरकारले पनि यो लकडाउनमा जनताले देखायको साथ सहयोगलाई बुझेर दिन दुगुना रात चौगुनाको दरले चेकजांज गरोस । महिनौ बित्दापनि २-४ हजार जनामा होईन पचासौं हजार जनताको कोरोना टेस्टिंग गरोस । बिषेसगरि बिदेशबाट आएका र भारतबाट नेपाल प्रवेश गरेका दिदिबहिनी दाजुभाईहरूको स्वास्थ्य जाँच छिटोभन्दा छिटो गरियोस । आवश्यक स्वास्थ्य सामग्रीहरू सहितको स्वास्थ्य टोलीहरू उच्च मनोवलको साथ तयारी र परिचालन गरोस । ताकि जनताहरू अझै आश्वस्त हुन सकुन र यो बिपत्तिको पनि सामना गर्न सकुन । लकडाउन मात्रैले यो समस्या पार लगाउन सकिदैन । बिश्वास गरौ सरकारले काम अझै ससक्त तवरले गर्नेछ ।

बिदेशमा रहनुभएका सबै नेपालीजनहरूपनि यो महामारीमा नआत्तिकन वस्न अनुरोध गर्दछु । असहज घडिमा अत्तालियर समस्याको समाधान हुदैन । असहज वेलामा परिवारबाट टाढा रहेर बस्नुको पिडा वयान गर्न सकिदैन तरपनि छिटोभन्दा छिटो समय सहज वनाउनको लागी तपाईहरूको धैर्यता र एक्यवद्दता आवश्यक छ । संवन्धित देशको सरकारको नियमकानुन पालना गर्दै आफ्नो देशको दुतावासको आधिकारिक सुचना लिने , सम्पर्कमा रहने , एनआरएन लगायत बिभिन्न संघसंस्थाहरूसंग समन्वय गर्ने र नआत्तिकन एक्यवद्द भएर आफु स्वस्थ रहेर वस्नु नै वुद्दिमता हो ।

यस्तो कठिन परिस्थितिमा पनि अग्र पंतिमा रहेर जनताको सेवामा लाग्नुहुने श्वास्थ्यकर्मीहरू , सुरक्षाकर्मीहरू , कर्मचारीहरू साथै जनप्रतिनिधीहरू धन्यबादको पात्र हुनुहुन्छ । साथै आफु देशबाहिर रहेर पनि देशको लागी यो महामारीमा सहयोग ( आर्थिक , भौतिक साथै नैतिक ) गरिरहेका सारा बिदेशमा रहने दिदिवहिनी दाजुभाईहरू प्रति नमन ।

सबै एक्यबद्द हौं र यो महामारीलाई पार लगाऔं । जीवन रहे अनि फेरि भेटेर रमाईलो गरौला । बाचौं र वचाऔं ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal