लकडाउन घाेषणा गर्नुमात्र पराक्रम हाेईन – कांग्रेस नेता आचार्य

लकडाउन घाेषणा गर्नुमात्र पराक्रम हाेईन – कांग्रेस नेता आचार्य

काभ्रेपलाञ्चाेक /

नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यले प्रधानमन्त्रीले देसवासीको नाममा गरेकाे सम्बबाेधनले बचेखुचेकाे गरिमा पनि गुमेकाे प्रतिक्रिया दिएका छन् ।

विषम परिस्थितिमा देश बासिले सम्माननिय प्रधानमन्त्रीकाे सम्बाेधनलाई महत्वपुर्ण रूपमा हेरिरहेकाे सन्दर्भमा आफू पनि संबोधन हुने सुचना पाउनासाथ निकै उत्साहका साथ टिभि खोलेर बसेकाेे बताए ।

सम्बाेधन पश्चात् आचार्यले आफ्नाे सामाजिक संजाल मार्फत लामाे प्रतिक्रिया सार्वजनिक गरेका छन् जसमा उनले सम्बाेधनबाट निम्न कुराकाे आाशा गरेकाे तर निराशा पाएकाे बताएका छन् ।

उनकाे प्रतिक्रिया थियाे :-जो आसा थियो-
• पक्कै कोरोनासँग लड्ने ठोस र विश्वसनीय नयाँ रणनीतिको
घोषणा हुनेछ
• व्यापक परिक्षण सुरुवात गर्ने र पर्याप्त उपकरण, औषधी
प्रवन्धको खुसी खबर संप्रेषित हुनेछ
• यसबीचको भ्रष्टाचार, अनियमितताको छानबीनसम्बन्धी प्रष्ट, भरोसायोग्य प्रतिवध्दता आउनेछ
• स्वास्थकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र ज्याला-मजदूरीमा आश्रित देसविदेसमा रहेका पसिनाकर्मीको संकटमोचन गर्ने जिम्मेवार अभिभावकको अनुभूति दिलाउने ठोस कार्यक्रम घोषणा हुनेछ
• पक्कै देस र जनताका खातिर ऊच्च त्यागको ठोस सन्देश आउनेछ

जे आयो….

•सबै किसिमका भ्रष्टाचार, अनियमितताको संरक्षण गर्ने दृढ
प्रतिवध्दता
• सरकारको अन्धसमर्थन नगर्ने, सत्य-तथ्य बोल्नेलेख्ने बिरुध्द कठोर बिषवमन
• कुनैबेला राजा ज्ञानेन्द्रले माओवादी हिंसाको अन्त्य गर्न मेरो
निरंकुशता स्वीकार गर भनेर सक्रिय शासन शुरु गरेको शैलीमा जीवनरक्षाको नाम दिएर मानव स्वतंत्रताको मौलिक अधिकार माथि नग्न प्रहार
• लकडाउन घोषणा गर्नु नै महान पराक्रम गरेको दंभ प्रकट

न कुनै नयाँ प्रतिवध्दता छ, न कुनै ठोस कार्यक्रम । न वर्तमानको भरपर्दो नेतृत्व क्षमता देखिन्छ, न भविष्यमुखी सोच, चिन्तन वा योजना !!

देसको कार्यकारी प्रमुख प्रधानमंत्री ज्यूले आफ्नो ईज्जत, प्रतिष्ठा जोगाउन त सक्नुभएन,भएन !

“देसवासीको नाममा संबोधन” को बचेखुचेको गरिमा पनि राख्नुभएन !! भन्ने प्रतिक्रया सार्वजिनक गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal