गाउँपालिका प्रमुखकाे परिवारबाट विपत व्यवस्थापन काेषमा नगद ४० हजार सहयाेग

गाउँपालिका प्रमुखकाे परिवारबाट विपत व्यवस्थापन काेषमा नगद ४० हजार सहयाेग

काभ्रेेपलाञ्चाेक/

विश्व काेराेना भाईरसकाे माहामारि र त्रासमा रहेकाे अवस्थामा आफ्नाे दाजु तथा काका डिबि लामा राेशि गाउँपालिका प्रमुखकाे रुपमा रहि दिन रात जनताकाे सेवामा खटेकाे देखेर घरपरिवारबाटै विपत् व्यवस्थापन काेषमा नगद रु ४० हजार सहयाेग गरेका छन् ।

राेशी गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा गाउँपालिका अध्यक्ष डि.बि.लामाको बहिनि दुर्गा लामाले नगद रु २० हजार सहयोग गरेकी छन् भने भतिजाहरु राम लामा र लक्ष्मण लामाले थप २० हजार सहयाेग गरेका छन् । दुर्गा लामा गृहिणी हुन् भने भतिजाहरु ईन्जिनियर पेशामा आबद्व रहेका छन् ।

बहिनी दुर्गा भतिजा राम लक्ष्मणकाे साथमा

विश्वभर फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ महामारी रोकथामका निमित्त दाजुले चालेको अभियानलाई सफल बनाउन घर खर्चकाे लागि जाेगाएकाे रकम सहयाेग गरेकाेे बहिनी दुर्गाले लामा बताईन ।

आमाले दाईलाई सधैं भन्नेे गर्नुहुन्छ:-” जन्म दिने आमाकाे मुख हेरेर दैलाे नकुर्न सबैकाे अभिभावक बन्नुु यसमै म खु:शि हुन्छ । ” ‘याे कुराले दाईलाई मात्र हैन हामिलाई पनि सामाजिक काममा दाईलाई सहयाेग गर्न आत्मबल प्रदान गर्छ’, दुर्गाले भनिन ।

आमा चन्द्रकुमारि लामा सामाजिक अभियान कर्ता हुन् ।

सवारि साधन नचलेका कारण दिनहुँ हजारौको संख्यामा वि.पि. राजमार्ग हुँदै मानिसहरु कष्टकर तरिकाले यात्रा गरेकाे देख्दा धेरै दुःख लागेेर उनिहरुलाई खानाको व्यवस्था गर्नको निमित्त यस रकमले सहयोग पुग्ने अपेक्षा रहेकाे चाैंरि देउराली गाउँपालिका वडा नं ७ मादन कुडारी घर भएका भतिजा द्वय राम र लक्ष्मणले बताए ।

पैदलयात्रु पुरुषमात्र नभई गर्भवति महिला र केटाकेटिहरुपनि रहेका छन् ।
पैदलयात्रुहरु वितरण गरिएकाे खानेकुरा खादै
राजमार्गमा अलपत्र यात्रुलाई गन्तव्य तर्फ लग्न गाउँपालिकाले गाडिकाे व्यवस्था गरेकाे छ ।
स्वास्थयकर्मि सहित गाउँ अनुगमन तथा सचेतना गर्ने क्रममा
आमाकाेे साथमा राेशि गाउँपालिका प्रमुख डिबि लामा

विपत व्यवस्थापन काेषमा सिद्धार्थ बैंक कटुञ्जे शाखाले ३० हजार र नेकपा रोशीले १० हजार, बागमती अञ्चल ट्रीपर ब्यबसायि संघबाट १ टन चमल, सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.पनौतीले ५ सय २५ किलो चामल सहयोग गरिसकेकाे अध्यक्ष लामालेे जानकारि दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal