नेपाल र भारतका प्रधानमन्त्री बिच फोनवार्ता, काेरोनाविरूद्धको सहकार्यलाई सशक्त बनाउने

नेपाल र भारतका प्रधानमन्त्री बिच फोनवार्ता,   काेरोनाविरूद्धको सहकार्यलाई सशक्त बनाउने

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आजका टेलिफोनमा कुराकानी भएको छ।

कुराकानीका क्रममा कोरोना भाइरसका विरूद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सहमति भएको ओलीले जानकारी दिएका छन्।

‘आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें। कोरोना भाइरसका विरूद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं। लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ-आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं,’ प्रधानमन्त्री ओलीले ट्वीटमा भनेका छन्,‘आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो। भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ।’

मोदीले ओलीसँग कोभिड-१९ का कारण सिर्जित अवस्थाबारे छलफल भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal