पैदल यात्रुलाई नेविसंघ द्वारा नि:शुल्क खाना वितरण

पैदल यात्रुलाई नेविसंघ द्वारा नि:शुल्क खाना वितरण

बनेपा । लकडाउनकाे कारण काठमाडौं बाट घर हिंडेका पैदल यात्रुहरुलाई नेपाल विद्यार्थी संघ काभ्रेले खाना वितरणकाे कार्यलाई आज पनि जारि राखेकाे छ ।

रामेछप, दाेलखा, सिन्धुलि, ओखलढुंगा, सिन्धुपाल्चोक, सिराहा, सप्तरी लगाएतका तराई बासिहरु अहिले बनेपा हुँदै आफ्नो घर जान हिंडेरनै गैरहेका छन् ।

राजनिति पछि गराैंला अहिले जनताकाे सेवा गराैं भनेर नेविसंघ काभ्रे जिल्लाका सम्भव भएका साथिहरु मिलेर खाना खुवाउने काम गरिरहेकाे विद्यार्थी नेता नृपेश बादेले बताए ।

हिजाे र आज गरेर ५ सय भन्दा बढिलेे याे सेवा बाट लाभान्वित भैसकेकाे विद्यार्थी नेता भूषण अधिकारिले जानकारि दिए ।

निःशुल्क खाना वितरण कार्यक्रम बनेपाको चादनिचोक बाट संचालन गरिएकाे र बाटोमा हिड्ने वटुवा, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य व्यक्तिहरुका लागि खाना खानका लागि अभाव नहोस भन्नका लागि यो कार्य गरिएको हो विद्यार्थी नेता सुजन जंग खत्रि क्षत्रिले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal