कांग्रेस नेता तिर्थ लामा र सि.वि लामा द्वारा ४४ विपन्न परिवारलाई नगद सहयाेग

कांग्रेस नेता तिर्थ लामा र सि.वि लामा द्वारा ४४ विपन्न परिवारलाई नगद सहयाेग

काठमाडौं / सरकारले कोरोना भाईरसकाे महामारिबाट जाेगाउन गरिएकाे लकडाउनका कारण काठमाडौंमा अप्ठेेेेेेेराेमा परेका काभ्रेलि मजुदर परिवारलाई नेपाली कांग्रेसका नेेताद्वय पूर्वसांसद एवं नेपाली कांग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति तिर्थ लामा र प्रदेश सभा १ (क) का उम्मेदवार सि.बि. लामाले ४४ विपन्न परिवारलाई सहयाेग रकम उपलब्ध गराएका छन् ।

दुवै जनाको संयुक्त अभियानमा काभ्रेको महाभारत गाउँपालिका र खानिखोला गाउँपालिकाका हाल काठमाडौ ललितपुरमा ज्यालादारी गर्दै आईरहेका ४४ मजदुर परिवारलाई राहत स्वरुप ४६ हजार रकम हस्तान्तरण गरिएको पुर्व सांसद तिर्थ लामाले जानकारि दिए ।

उनिहरुलाई दैनिकि चलाउन अत्यन्तै गह्रो भएको कुरालाई महशुस गर्दै विपन्न परिवारलाई रकम सहयोग गरेको बताए ।

त्यस्तै प्रदेश सभा १ (क) का उम्मेदवार सि.बि. लामाले यसरी विपदको समयमा सहयोग गर्न पाँउदा खुसी लागेको र आगामी दिनमा आवश्यकता अनुसार सहयोग गर्दै जाने बताए ।

रकम हस्ताण्तरणमा नेपाली कांग्रेसका जिल्ला सदस्य राजु अर्याल र आदिबासी जनजाती संघको क्षेत्रीय सभापति बिलाम मुक्तान पनि सहभागी थिए ।

यस अघि पुर्व सांसद तिर्थ लामाले खानीखोला गाउँपलिकाका २३ विपन्न परिवारलाई व्यक्तिगत तर्फबाट ६९ हजार सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal