प्रधानमन्त्री द्वारा देश बासिकाे नामममा सम्बाेधन

प्रधानमन्त्री द्वारा देश बासिकाे नामममा सम्बाेधन

१ बैशाख, काठमाडौं । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका कारण प्रभावित भएकाहरुको रोजीरोटीको जोहो गर्ने र देशलाई छिट्टै महामारीबाट उम्काउने बताएका छन् ।

कोरोना विरुद्धको लडाइँ जित्न सबैको एकताबद्ध प्रयास, आत्मविश्वास र मनोबल खाँचो पर्ने बताउँदै उनले संक्रमणको चपेटामा परेका सबैको अभिभावकत्व सरकारले लिने बताएका छन् ।

पढ्नुहोस् सम्बोधनको पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

सर्बप्रथम म यहाँहरु सबैलाई नयाँ वर्ष विक्रम संवत् २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।

पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमंगको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं ।

सिंगो विश्व समुदाय आज कोरोना संक्रमणको महामारीबाट आक्रान्त छ । यस महामारीले हामी नेपालीहरुलाई पनि छोएको छ । संसारभर छरिएर रहेका नेपालीहरुका आफन्तजनमध्ये कतिपयलाई संक्रमित तुल्याएको छ र केहीलाई हामीबाट खोसेको छ ।

तपाईंहरुका प्रधानमन्त्रीका रुपमा मैले केही असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना भन्नु परिरहेको छ ।

यतिबेला देशभित्र र बाहिर रहनुभएका सबै दिदीबहिनी दाजुभाइहरुलाई मेरो कामना छ– तपाईं, तपाईंका परिवारजन र आफन्तहरु सबै कोरोना भाइरसबाट जोगिन सक्नुहोस् । जसलाई संक्रमण भएको छ उहाँहरुले यसमाथि विजय हासिल गर्न सक्नुहोस् । अनि कोरोना भाइरसको विश्व महामारीबाट सिंगो मानवजाति सहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal