कांग्रेस नेता हुमागांई, थापा र बस्नेत द्वारा राहत सहयाेग

कांग्रेस नेता हुमागांई, थापा र बस्नेत द्वारा राहत सहयाेग

काभ्रेपलान्चोक / पनाैति नगरपालिका वडा न ४ मा बस्ने ५० घर परिवारलाई आवश्यक पर्ने खाध्यान्न सामाग्री वितरण गरिएकाे छ ।
गएकाे निर्वाचनमा वडा अध्यक्षका प्रर्तयासि उम्मेद्वार रहेका कुुुुुमार हुमागाांई र श्री काभ्रेलि मिट सप्र्लायर्सका प्रबन्धक, नेपाली काग्रेस पनाैति वडा न. ४ का उप-सभापति महेश थापाले उक्त सामाग्री वडा कार्यालयलाई हस्तान्तरण गरेका हुन् ।

नेपाली कांग्रेस आमन्त्रित जिल्ला सदस्य एवं उक्त वडा बासि नेता राम कुमार बस्नेतकाे संयाेजनमा भएकाे उक्त खाध्यान्न सामाग्री वडा कार्यालयकाे एक द्वार राहत वितरण प्रणालि अन्तरगत पनाैति नगर राहतकाेेष वडा कार्यालयलाई दिईएकाे नेता बस्नेतले बताए ।

चुनाव हार्ने जित्ने आफ्नाेे ठाउमा छ याे विषम परिस्थितिमा हामी सबै एक जुट भएर काेराेन भाईरस काे संक्रमण बाट हाम्राे गाउँ समाज जाेगाउनु पर्छ । तेराे मेराे भन्दा पनि अप्ठ्यारोमा रहेकालाई सहज हाेस भनेर आफुखुशि नबांडि वडा कार्यालयलाई हस्तान्तरण गरिएकाे र वडा कार्यालयले साेहि राम्राे संग वितरण गर्ने विश्वास लिएकाे वडा अध्यक्षका प्रत्यासि उम्मेद्वार कुमार हुमांगाईले बताए ।

अहिले लाई ५० घर धुरिलाई प्रदान गर्ने गरि चामल ५ सय केजि, दाल ५० केजि, तेल २५ लिटर, नुन ५० प्याकेट, साबुन ५० पिस उपल्बध गराएका छाैं । अरु पनि वितरण गर्ने तयारि गरिरहेका छाैं । उप- सभापति महेश थापाले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal