पात्लेखेतमा डिपबोरीङ विरुद्ध स्थानिय, सार्वजनिक सम्पतिमा नै होटलको भवन

पात्लेखेतमा डिपबोरीङ विरुद्ध स्थानिय, सार्वजनिक सम्पतिमा नै होटलको भवन

पुजन धिताल,
काभ्रे, फाल्गुन,१३ , : धुलिखेल नगरपालिका वडा नं ११ अन्तरगत दर्ता भएको श्री ओम स्टोन एसिया प्रोपटिज प्रा.लि. र ओम स्टोन क्यापिटल प्रा.लि.को निवेदन अनुसार धुलिखेल नगरपालिले २०७५–९–१३ गतेको को निर्णय अनुसार डिपबोरीङ गर्न वडा वासिलाई जानकारी बिनै अनुमति दिए प्रश्चात सो विवाद चुलीन पुगेको हो । होटललाई डिपबोरीङ गर्न धुलिखेल नगरपालीकाले स्वीकृत दिए पछि सो निर्णय चरम विवादमा पुगेको छ । साविक पात्लेखेत वडा नम्बर १ सबै भन्दा अग्लो डाडाँमा डिबोरीङ गरीने भए पछाडि स्थानिय वासिहरुलाई प्रत्यक्ष असर पर्ने भएकाले सो निर्णय प्रति सम्पूर्ण वडा वासिहरुको आपति बड्न पुगेको हो ।

उक्त ठाउँमा डिपबोरीङ गर्दा आसपासका सम्पूर्ण खानेपानीका मुहानहरु सुक्न सक्ने वडा वासिहरुको दावि छ । धुलिखेल नगरपनलिकाकै सबै भन्दा बढि मतदाता रहेको वडा नं.११ मा जनताको मागलाई नै ध्यान नदिइ वडा वासीहरुलाई नगरपालीकाले असर पुर्याउने काम गरेको छ । उक्त होटल संगै अरु १७ वटा साना ठूला होटल व्यवसायका लागी स्वीकृत लिइ सकेको स्रोतले जनाएको छ ।

सार्वजनिक सम्पतिमा नै होटलको भवन


धुलिखेल नगरपालिका वडा ११ मा सो होटलले सार्वजनीक जग्गामा नै आफ्नो भवन निमार्ण गरेको छ । धुलिखेल नगरपालिका ११ नं. वडा अध्यक्षका अनुसार सो होटललाई २ रोपनि सार्वजनिक जग्गा वार्षीक १ लाख २० हजार भाडा लिने र सो भवन अन्तमा वडा कार्यलयलाई हस्तान्तरण गर्ने सर्तमा उपलब्ध गराएको वडा अध्यक्ष विष्णु प्रसाद धितालले सबैको समाचारलाई जानकारी दिए । आसपासको वातावरणलाई प्रभाव पर्ने या नपर्ने अध्ययन पछि न.पा मा निवेदन परेकाले सो डिपबोरीङको निवेदनलाई स्वीकृत दिएको,धुलिखेल नगरपालिकाका प्रमुख असोक कुमार व्याञ्जु केहि दिनका लागी वैदेशिक यात्रामा रहेकाले उहाँ फर्के पछि यो विषयमा पुन छलफल हुने धितालको भनाई छ । होटलले डिपबोरीङ गरे पछि पात्लेखेत,डाडाँगाउँ, फुलबारी, पाँचखाल, शंखुपाटिचौर र काभ्रेभञ्ज्याङ आसपासको क्षेत्रहरुलाई प्रत्यक्ष असर पर्ने देखिन्छ ।

काभ्रेका सबै स्थानिय तहले राजमार्गको आसपासमा सार्वजनिक जग्गामा रहेका सम्पूर्ण घर टहराहरु केहि समय अगाडि हटाएका थिए । राजमार्गमा यसो गरेता पनि धु.न.पा. ११ मा भने निमार्णधिन होटललाई नै सार्वजनिक जग्गा उपलब्ध गराइएको छ । यसरी भाडामा उपलब्ध गराउने हो भने अन्य व्यक्तिहरुले पनि भाडामा सार्वजनीक जग्गा उपलब्ध गराउनको लागी दावी नगरलान भन्न सकिन्न् । वडा वासिहरुलाई यि दुई विषयमा छिटो निकासा निकाल्न र वडा वासिको मागलाई सम्बोधन गर्न सम्बन्धित निकाएको ध्यान जान जरुरी देखिन्छ । जनताले न्याय छिटै पाउने छन् । हामी आसा गरौ !

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal