एलियन : रहस्यको गर्भभित्रको सत्यता

एलियन : रहस्यको गर्भभित्रको सत्यता

राम राज प्रताप भण्डारी/

एलियन-एक परिचय:
एलियन भन्नाले पृथ्वी बाहेक अन्य कुनै आकाशीय पिण्ड (ग्रह या उपग्रह) मा भएको सभ्यताका वस्तु, वनस्पती वा जीव भन्ने बुझिन्छ । एलियन शब्द सुन्दा सबै रोमान्चित र उत्सुक हुन्छन र सबैको कल्पना भित्र हजारौं चित्रहरु र प्रश्नहरु एकैसाथ उब्जन्छन् । विशेष गरेर बालबालिका तथा युवापुस्ताहरु एलियनको कहानी जान्न उत्सुक हुन्छन भने यही कहानीको रहस्य सुल्झाउन बैज्ञानिक र खगोलशास्त्रीहरुलाई कठिन र रहस्यको बिषय बन्दै आइरहेको छ । पृथ्वीका बिभिन्न फरक समाज र सभ्यताहरुमा एलियनहरुको अस्तित्व संम्बन्धी अलग-अलग श्रुती, कहानी, चित्र वा आकृतीहरुमा परापूर्ब कालदेखि अहिले सम्म पनि अक्सर उल्लेख गरेको पाइन्छ। तर पनि यकिनका साथ एलियनको अस्तित्व र पृथ्वीमा उपस्थितीको कुनै पनि ठोस प्रमाण र पुष्टी भएको पाईएको छैन ।

प्राग्-ऐतिहासीक समय देखिनै विभिन्न समाज अनी सभ्यताहरुका प्राचिन चित्रकलाहरुमा यस धर्तिमा नभएका विभिन्न अनौंठा जीवजन्तुहरुका तस्बिर तथा चित्रहरुका आकृतीहरु देख्न पाइन्छ । १५ औं सतांब्धी पछी केही ठाँउहरुका मान्छेहरुले पहिले कहिल्लैपनि नखेकोका आकशमा उड्ने अनौंठा बस्तुहरुको चर्चा गर्ने गरेको पाईएको छ । तर पनि कसैले पनि प्रमाण सहित वा पुष्टी हुनसक्ने गरी कुनै तथ्यहरु दिनसकेका छैनन् । यस्ता कथा र चर्चा गर्नेहरुमा गरिब र पिछाडीएका समाज र देशहरु र त्यहाँका सर्बसाधारण मान्छेहरु मात्र नभई रसिया र अमेरिकाका सैनिकहरु सम्म पर्छन ।

यदाकदा मान्छेहरुको यस्तो तर्क र दावी समेत गर्ने गर्दछ कि त्यस्ता एलियनहरुले ती मान्छेहरुलाई अपहरण गरेर उनीहरुको ठाँउ (ग्रह वा धर्ति) मा लिएर गएका थिए र केही समय पश्चात फिर्ता छोडेर गए आदि इत्यादि । यद्यपी त्यस्ता कथनहरुलाई कुनै पनि तथ्य र प्रमाणहरु सत्य साबित गर्न सकेका छैनन् । तर यसको मतलब यो पनि होइन कि पृथ्वी बाहेक अन्य (ग्रह आदि) धर्तिमा सभ्यता भएको नहोस्, त्यहाँ अझ उन्नत सव्यता हुन सक्छ ।

पृथ्वीमा जीवनको आधार र सभ्यताको बिकास:
हाम्रो ढृष्य ब्रमाण्ड जो आज भन्दा लगभग १३.५ अर्ब बर्ष अगाडी उत्पत्ती भएको थियो र जसमा अरबौं तारापुन्जहरु (Galaxy) छन्, हरेक तारापुन्जमा अरबौं ताराहरु छन् । त्यस्तै प्राय: जसो सबै ताराका एक वा सो भन्दा बढी ग्रहहरु छन र प्राय: जसो ग्रहका पनि एक वा सो भन्दा बढी उपग्रहहरु हुने गर्दछन । यही ग्रह र उपग्रहहरुमा नै जीवन सम्भव हुने बैज्ञानिकहरु अनुमान गर्दछन् । अत: हाम्रो आकाशगंगा तारापुन्ज (Milky-way Galaxy) अन्तर्गतको सूर्य तारा सहितको सौर्यमण्डलको तेश्रो स्थानको हाम्रो गृह-ग्रह यानी पृथ्वीमा भएको जीवन सभ्यतामा हामी मान्छेहरु यस सभ्यताकै सर्वश्रेष्ठ प्राणी हौं ।

आज भन्दा करीब १३.५ अर्ब बर्ष पहिले महाविष्फोट (Big-Bang) बाट हाम्रो ब्रमाण्डको उत्पत्ती भएको मानिन्छ, जसको बैज्ञानिक पुष्टी पनि भएको छ । साथै तारापुन्ज सहित हाम्रो सौर्य प्रणाली लगायत पृथ्वी र अन्य ग्रहहरु तथा उपग्रहहरु आदिको पनि त्यस महाविष्फोटको लगभग ९ अर्ब बर्ष पछि अर्थात आज भन्दा करीब ४.५ अर्ब बर्ष पहिले उत्पत्ती भएको मानिन्छ । आफ्नो जन्मको अर्थात उत्पत्तीको झण्डै २ अर्ब बर्ष पछि पृथ्वीको सतह र बायुमण्डलमा अनेकन बदलाव (परिवर्तन) र सुधार हुदै जिवन सम्भव हुने परिस्थितीको शृजना भयो, जसको फलस्वरुप आज पृथ्वीमा मानिस सहित करीव ८७ लाख प्रजातीका जीव र बनस्पती समेटिएको प्रारम्भिक स्तरको सभ्यता अस्तित्वमा छ ।

सौर्य मण्डलमा पृथ्वीमा बाहेक जीवन संभावना हुनेमा मंगलग्रह लगायत अन्यग्रहका केही उपग्रहहरु पर्दछन् तर तिनीहरुमा जीवन नभएको लगभग निश्चित जस्तै देखिन्छ । जीवन सम्भब हुनलाई जीवन-सापेक्षित आधारभूत वातावरण हुनुका साथै पृथ्वीको जस्तै औंसत तापक्रम र पानी पनि तरल अबस्थामा हुन जरुरी हुन्छ, सूर्यबाट धेरै नजिक वा धेरै टाढा जीवन सम्भब हुदैन । सूर्यबाट १ र २ स्थानका ग्रहहरु क्रमश: यम र बुधमा धेरै तापक्रमको कारणले जीवन र सभ्यताको संभावना छैन । मंगलग्रह भन्दा पछाडीका ग्रहहरु या अ ती चिसो छन् या ग्याँसबाट मात्र बनेका छन्, अत: तिनीहरुमा जीवन हुने संभावना नै भएन ।

बैज्ञानिकहरुका अनुसार पृथ्वीमा जीवन र सभ्यता बिकासको लागी दुईवटा बिषेश परिस्थितीहरु जिम्मेवार छन, जसमा पहिले पृथ्वी आफ्नो शक्तिको श्रोत तारा अर्थात सूर्यबाट यस्तो सन्तुलित दूरीमा छ कि जहाँ औसत तापक्रम ठिक्क जीवन बाँच्न सक्ने हुनुका साथै पानी पनि तरल अबस्थामा छ र दोश्रो हाम्रो चन्द्रमाको गुरुत्वाकर्षणले पृथ्वीलाई निश्चित झुकाब बनाई आफ्नो कक्षमा सन्तुलित घुम्न मद्दत गर्दछ । यसरी कुनै पनि ग्रह वा उपग्रहमा जीवनको संभव हुने क्षेत्रलाई जीवन बाँच्ने क्षेत्र (Habitable Zone) भनिन्छ ।

वर्तमान समयमा पृथ्वीमा भएको बिज्ञान र प्रबिधीको उपलब्धी र पृथ्वीको आयु भन्दा दोब्बर समय अघी उत्पत्ती भएको ब्रमाण्डका अन्य तारापुन्जहरु अनी त्यसका ग्रहहरुको तुलना गर्ने हो भने, त्यहाँ पृथ्वी भन्दा उन्नत र बिकशीत बिज्ञान र प्रबिधी सहितको सभ्यता भएको सहजै अनुमान गर्न सकिन्छ । यसको सिधा अर्थ यो हुन्छ की हाम्रो ब्रमाण्डका अन्य तारापुन्ज र त्यसमा भएको ग्रहहरु तथा उपग्रहहरु जो पृथ्वी भन्दा अरबौ बर्ष अगाडी उत्पत्ती भएका थिए, त्यहाँ पृथ्वीको भन्दा उन्नत र बिकशीत सभ्यता हुनसक्ने अधिकतम् संभावना छ ।

बैज्ञानिकहरुको यो पनि अनुमान गरीन्छ की बिगतमा हाम्रै सौर्य प्रणाली भित्रकै छिमेकी मंगलग्रहमा पनि पृथ्वीको हालको भन्दा बिकशीत र उन्नत सभ्यता रहेको थियो, जो अहिले अस्तित्वमा छैन र सो संम्बन्धी अध्ययन र अनुसन्धानहरु पनि भैरहेका छन् । यस ब्रमाण्डमा वा हाम्रो तारापुन्ज भित्रै पृथ्वीको भन्दा पनि बिकाशीत र उन्नत सभ्यताको अस्तित्व रहेको हुनसक्ने संभावनाको आंकलन गर्दै प्रमाणहरुको लागी अनुसन्धान हुंदै आइरहेको छ र केही संभावनाका सकारात्मक तथ्यहरु पनि प्राप्त भैइरहेका छन् ।

हाल अन्य ग्रहमा जीवनको संभावना, सभ्यताको बिकाश र एलियनको यथार्थता आदि बिषयमा बैज्ञानिकहरुको ब्यापक खोज र अनुसन्धान गरिरहेका छन् । पृथ्वीबाट अन्य ग्रहको दुरी र त्यहाँ सम्म पुग्ने सक्षम प्रबिधीको बिकास भईनसक्नु आदि नै सो अनुसन्धानको समस्याको रुपमा रही आएका छन् । पछिल्लो समयमा आएर बिज्ञानले जुन रफ्तारमा अन्तरिक्षको अध्ययन र अनुसंन्धानमा प्रगति हासिल भएको छ, यसबाट यो आशा गर्न सकिन्छ की आउने केही दशक भित्रमै हाल ठुलो रहस्य रहेको एलियनको अस्तित्व र यथार्थताको पर्दाफास हुने निश्चित छ ।

एलियनको अस्तित्वको बैज्ञानिक आधार:
वर्तमान समयमा पृथ्वीमा बिज्ञान र प्रबिधीले हासिल गरेको उपलब्धी र प्रगतिलाई मनन् गर्ने हो भने पृथ्वी बाहेक अन्य ग्रहमा पनि जीवन र सभ्यता बिकास भएको हुनसक्ने प्रचुर संभावना रहेको छ । बैज्ञानिकहरुको अनुमान अनुसार यो ब्रमाण्डमा यदी त्यस्ता जीवन सभ्यताहरु अस्तित्वमा छन् भने ती सभ्यताहरु हाम्रो पृथ्वीको भन्दा धेरै उन्नत र बिकासित हुन सक्छन् । किनकी जीवन सभ्यताको स्तरको बर्गिकरणमा आजको दिनको हाम्रो पृथ्वीको सभ्यता मात्र सुरुवाती अबस्थाको अर्थात प्रारम्भिक सभ्यता भएको मानिन्छ । त्यस्ता उन्नत सभ्यतासँग हामी भन्दा धेरै बिकासित प्रबिधी र क्षमता हुनसक्ने प्रवल संभावना छ । त्यस्ता एलियन-सभ्यताहरुको उन्नत प्रविधिको कारणले तिनीहरुको यात्राको गति किरण जति वा भन्दा पनि बढी वा असिमित हुन सक्दछ र तिनीहरु ब्रमाण्डको कुनैपनि भागमा सहजै यात्रा गर्न वा अन्य सभ्यतालाई निगरानी र नियन्त्रण गर्न सक्षम हुन सक्दछन् ।

ब्रमाण्डमा भएको कुनैपनि सभ्यतालाई कुनै एक प्रजाती वा प्राणीले नेतृत्व र नियन्त्रण गरेको हुन्छ, जस्तो कि पृथ्वीमा अहिले मानव-प्रजाती को सर्बोच्चता कायम छ । बैज्ञानिक मान्यता अनुसार कुनै पनि सभ्यताको स्तर वा श्रेणी त्यो ग्रहको सभ्यताले उपभोग गर्ने उर्जाशक्तीको परिमाणले निर्धारण गर्दछ । जस्तो कि जुन ग्रहका प्राणीले वा त्यंहाको सभ्यताले आफ्नो तारा वा उर्जा-श्रोतबाट प्राप्त गर्ने उर्जा जती बढी उपयोग र उपभोग गर्न सक्छ, त्यो सभ्यतालाई उतिनै बिकशीत र शक्तिमान मानिन्छ । यसरी आफ्नो ताराबाट प्राप्त उर्जा-शक्ति उपभोग गर्ने क्षमताको आधारमा त्यहाँको सभ्यताको स्तरको आंकलन र अनुमान गर्न सकिन्छ। बैज्ञानिकहरुका अनुसार यो ब्रमाण्डमा ७ श्रेणी वा स्तरका सभ्यताहरु अस्तित्वमा हुन सक्छन् भन्ने मान्यता छ, जो शुन्य हुंदै एकबाट माथी गणना गरिन्छ ।

यो सिद्धान्त अनुसार पृथ्वीमा हालको विद्यमान सभ्यताको अवस्थालाई सुरुको अवस्था अर्थात स्तर १ को मात्र मानिन्छ । केही बैज्ञानिकहरुले यस्तो तर्क पनि अघि सारेका छन् की यदि कुनै दुर्घटनावश पृथ्वीको बिनाश भएन भने अबको आगमी करीव २०० बर्ष सम्ममा पृथ्वीको सभ्यता पहिलो स्तर पुरा भै पहिलो स्तरबाट दोस्रो स्तरमा जानेछ र त्यो बेला सम्ममा पृथ्वीका मानिसहरुले पुरै पृथ्वी माथी र पृथ्वीमा हुने कुनै पनि गतिबिधी जस्तो भुकम्प, ज्वालामुखी, खडेरी, रोग, महामारी आदीलाई पूर्ण नियन्त्रणमा लिन सक्नेछन् । यो सभ्यतालाई ग्रहीय सभ्यता ( Planetary Civilization) पनि भनिन्छ ।

त्यस्तै गरेर दोश्रो स्तरको सभ्यतामा मान्छेले पहिलो स्तरको भन्दा धेरै उर्जाको खपत गर्नसक्ने प्रबिधी र क्षमताको बिकाश गर्न सक्नेछन् । यस अवस्थामा मान्छेले आफ्नो उर्जा-श्रोत तारा (जस्तै सुर्य) र सौर्य मण्डललाई पूर्ण आफ्नो नियन्त्रणमा सक्नेछन् र आफ्नो तारा अर्थात सुर्य लगायत सम्पूर्ण ग्रह र उपग्रहहरु माथी पूर्ण नियन्त्रण प्राप्त गर्न सक्नेछन । दोश्रो स्तरको सभ्यताको अन्त्य सम्ममा मान्छेले सायद अमरत्व पनि प्राप्त गर्नेछन् । यो सभ्यतालाई तारकीय सभ्यता (Stellar Civilization) पनि भनिन्छ । अबको २००० बर्ष सम्ममा पृथ्वीको मानव-सभ्यता दोश्रो स्तरको सभ्यता हुनेछ ।

तेश्रो स्तरको सभ्यतमा मान्छेले उर्जाको खपत गर्ने क्षमता अझ बढाउछन् र यो बेला सम्ममा बिज्ञान र प्रबिधीको पनि बिकाश अधिकतम् भैसकेको हुनेछ । तेश्रो स्तरको सभ्यतामा मान्छेले आफ्नो तारापुन्ज (ग्यालेक्सी) लाई नियन्त्रण गर्नेछन र ग्यालेक्सीको कुनै पनि स्थानमा यात्रा निर्बाध र सहज रुपमा गर्न सक्नेछन । यस सभ्यतामा मान्छेहरुले उर्जाशक्ति पुरै ग्यालेसीबाट प्राप्त गर्नेछ्न् । यस सभ्यतामा नै मान्छेले अन्य एलियन सभ्यतासंग साक्षात्कार (आमने सामने) हुनेछ्न । र सम्भबत: त्यो अबस्थामा पृथ्वीका मान्छेहरु र एलियन बिच ब्रम्हाण्डीय महायुद्ध (Universal War) हुन सक्छ । यो सभ्यतालाई तारापुन्जीय सभ्यता (Galactic Civilization) पनि भनिन्छ । अबको १००००० बर्ष सम्ममा पृथ्वीको मानव-सभ्यता तेश्रो स्तरको सभ्यता हुनेछ ।

तेश्रो स्तरको सभ्यतमा नै मान्छेमा अती शक्तिशाली हुन्छ, त्यसपछीका अरु सभ्यताहरु जस्तो चौंथो, पाँचौ, छैँटौ र साँतौ देखि माथी हरेक सभ्यताको स्तर माथी बढ्दै जाँदा उर्जाको खपत साथै बिज्ञान र प्रबिधी बिकाशको स्थिती पनि उन्नत र असिमीत हुँदै जानेछ । अत: चौंथो स्तर सभ्यता देखी मान्छेहरुले ब्रमाण्ड र समयलाई समेत नियन्त्रण गर्नेछन् र मान्छेको लागी केही पनि असम्भव हुनेछैन । तर यो कुरा पनि उत्तिकै महत्वपूर्ण छ की ती सबै स्तरका सभ्यताहरुलाई हासिल गर्न हालको मानव सभ्यता चाँही निस्चितरुपले सुचारु हुन जरुरी छ । दोश्रो स्तरको सभ्यताको माथी हरेक स्तरको सभ्यतालाई अतिरिक्त ग्रहीय सभ्यता (Extra-Planetary Civilization) पनि भनिन्छ ।

आजको दिनसम्ममा पृथ्वीको सभ्यता जसलाई प्रारम्भिक स्तर (०.७<१) मात्र मानिन्छ र बिज्ञान तथा प्रबिधीको क्षेत्रमा क्रमश: उल्लेखनीय उपलब्धी पनि हासिल गर्दै आईरहेकोछ । ब्रमाण्डमा भएका अन्य खगोलीय पिण्डहरुको तुलनामा सूर्य लगायत पृथ्वीलाई उत्पत्तीको इतिहासको आधारमा कलिलो मानिन्छ । जबकि पृथ्वी भन्दा अर्बौ बर्ष अगाडी नै उत्पत्ती भएका अन्य ग्रहहरुमा हाम्रो भन्दा पनि धेरै बिकशीत सभ्यता हुनसक्ने संभावना प्रवल छ । यो पनि हुन सक्छ कि ती एलियन-सभ्यताहरुको स्तर २ भन्दा पनि माथीको हुनसक्छ । ती सभ्यताहरु संग हाम्रो भन्दा उन्नत प्रबिधी हुने कुरा स्वभाबिक पनि छ । ती ग्रहहरुबाट पृथ्वी थोरै समयमै सहजै यात्रा गर्नसक्ने प्रबिधीयुक्त छ्न् र पृथ्वीको यात्रा गर्नुको साथै, यहाँ को गतिविधीको अनुगमन गरिरहेका हुन्छन् । ती एलियन-सभ्यताहरुले हालको पृथ्वीको मानव-सभ्यताबाट उनीहरुलाई खतरा महसुस नगरेकोले हामीलाई महत्व नदिएका हुन् । यत्रो ठुलो अनन्त: ब्रमाण्डमा पृथ्वी र यहाँको मानव-सभ्यता अती सुक्ष्म र नगन्य कुराहरु हुन ।

पृथ्वीमा एलियनसंगको जम्काभेट:
माथी लेखको सुरुतिरै उल्लेख भैसक्यो की आजका दिनसम्म हामीले अन्तरिक्षमा गएर एलियन भेट्ने कुरा त सम्भवनै छैन किनकी हामीसंग सौर्य-मण्डल बाहिरको यात्रा गर्न सक्ने अति द्रुतगतीको प्रबिधीको बिकाश भएको नै छैन । हालको प्रबिधीबाट हामीले आफ्नै सौर्य-मण्डल भित्रको सबैभन्दा नजिकको छिमेकी ग्रहसम्म पुगेर त्यहाँको अध्ययन गरेर फेरी पृथ्वीमा फर्कन सक्ने अंतरिक्ष यान (रकेट) बनाउन सकेको छैनौं र सौर्य मण्डल बाहिरको अर्को ग्रहका एलियन-सभ्यताका एलियनहरु हालसम्म पनि पृथ्वीमा आएको कुनै प्रमाणहरु पाइएको छैनन् । तर यस्ता कुराहरु पनि कहिले काहीं सुन्न जान्नमा आउछ की एलियनहरु एलियन-सभ्यताबाट पृथ्वीका बिभिन्न ठाँउमा आफ्नो विषेश प्रकारको यान यानी उडन्तस्तरी (U.F.O.: Unidentified Flying Object) लिएर यात्रा गर्ने गरेका छन् । र ती यानहरुको गति असिमीत हुन्छ; हाम्रा कुनैपनि यानहरुले तिनीहरुलाई भेटाउन सक्दैनन् ।

केही दशक अगाडी देखि बैज्ञानिकहरुले पृथ्वी बाहेक अन्य ग्रहहरुमा पनि जीब वा प्राणीहरु (एलियन) हुन सक्दछन भनी लगातार संकेत तरंगहरु समेत पठाई रहेका छ्न् र हालसम्म कुनै कतैबाट पनि प्रतिकृया वा जवाफ दिएको पाईएको छैन । भौतिकरुपमा एलिनयहरु पृथ्वीमा आएको स-प्रमाण पुष्टी नहुनु वा पृथ्वीबाट पठाएका संकेत तरंगहरुको जवाफ नआउदैमा यस ब्रमाण्डमा एलियन-सब्यताको अस्तित्वनै छैन भन्न कदाचित मिल्दैन । र एलियन-सब्यतालाई कम आँक्नु वा इन्कार गर्नु हामी पृथ्वीबासी मानव-सभ्यताको ठुलो भूल हुनु या भविश्यको लागी भयानक खतरा पनि हुन सक्छ ।

कथाकै रुपमा भएपनि पृथ्वीका बिभिन्न भागहरुमा एलिनयहरु बेला-बेला आएको कुरा सुन्न, जान्न र पढ्नमा आउने गर्दछ । कोही कोहीले त ठाँउ र मिती आदि पनि उल्लेख गरी उनीहरुको एलियनसंग भेट भएको कुरा सत्य नै हो जस्तो गरेर प्रस्तुत गर्ने गर्दछन । तर पनि ठोस सबुत बाहेकका त्यस्ता कुरालाई बिश्वास गर्नु उचित पनि हुदैन । अत: यसरी मान्छेहरुसंग एलिनयहरुका जम्काभेट भएका केही कथा र कहानीहरु यहाँ प्रस्तुत गरेको छु, यद्यपी यी मात्र कथा र कहानीहरु हुन ।

कहानी नं १. नेपालमा एलियन
कुरा २०२९-३० तिरको हो । पोखराको आसपास पहाडी भागको एउटा पिछाडीएको बस्तिमा १५/१६ बर्ष कि युवती घाँस दाउराको लागी नजिकको जंगल तिर जानेक्रममा कुनै एक बिदेशी (पर्यटक) जस्तो मान्छे त्यहीँ बाटो हुंदै बिपरीत दिशाबाट आउदै थियो । गाउँकी युवतीले त्यो मान्छे नजिक आउदा आफ्नो बाटो छोडी बारीतिर लाग्दछीन् र होसमा आँउदा २/३ घन्टा बितिसकेको हुन्छ । उनीले आफुलै त्यहिँ बारीमै पाउछीन् तर त्यो बिदेशी मान्छे त्यहाँ हुदैन । आफु अलिक अस्तब्यस्त भएजस्तो महशुस गर्दै थोरै घाँस दाउरा लिएर घर जान्छीन् । आफु केही समयलाई बेहोस भएजस्तो महशुस गर्नु र त्यो अपरिचित मान्छे त्यहाँ छेउछाउ कतै नहुनुले उनी अन्योलमा पर्छिन तर त्यो कुरा अरु कसैसंग पनि भन्दिनन् ।

त्यो घटना को करिव ४/५ महिना पछी उनीमा गर्भवती भएको लक्षणहरु देखा पर्छन र त्यो कुरा आमाले थाहा पाउँछीन् । छोरीको अपत्यरीलो बास्तबिकताले अन्योलमा परेकी आमाले आफ्नी छोरीलाई पोखरामा कुनै टाढाको सम्बन्ध पर्ने मान्छेकोमा घरको कामकाज सघाउदै बस्ने र त्यहिँको अस्पतालमा बच्चा जन्माउने ब्यबस्था मिलाउछीन् । यसरी छोरो बच्चा जन्मन्छ, तर उ ४/५ महिनाको हुंदा केही अनौंठा ब्यबहार देखाउन थाल्दछ, जस्तो की अरु बच्चा भन्दा टांठो, शरीरको बनावट केही भिन्न, कुनै चम्किलो बस्तुलाई हेर्दा त्यो बस्तु हल्लने आदि । बच्चाकी आमाको अनुसार त्यो बच्चाको संभावित बुबा जुन दिन गाउँमा घटना भएको थियो, उनीले एक पटक त्यो मान्छेको आखाँमा हेरेकी थिईन्, उसको टाउको साधारण मान्छेको भन्दा फरक च्याप्टो र लामो थियो भने आखाँ चम्किला थिए र त्यस पछी उनी बेहोस भएकी थिईन् ।

२/४ महिनामा यो कुरा पर्यटकीय नगरी पोखरामा ब्यापक चर्चाको बिषय बन्यो र यस्तो भनाई छ की त्यो बालकलाई आमा सहित जर्मनबाट नेपाल घुम्न आएका पर्यटकले आफुसंग लिएर गए । त्यस पछीको यस घटना को मसंग कुरै पनि जानकारी छैन । यो कुराको मसंग कुनै प्रमाण छैन । यो तत्कालीन एउटा पत्रीकाबाट प्राप्त गरेको थिए ।

कहानी नं 2. अमेरिका तथा रसियन वायुसेनाको U.F.O. संग सम्बन्धित कहानी
सन् १९९० अगाडी जब अमेरिका र रसियावीच शितयुद्ध चलेको बेला धेरै आकाशमा उड्ने बस्तुहरु अमेरिका र रसियाका आकाश उड्ने गरेको र तिनीहरु या त दुश्मन दे शका जाशुश विमान या एलियन-सब्यताका उडन्तस्तरीहरु हुनसक्ने अनुमान गर्ने गरेको अनेकन घटनाहरुको धेरै नै उल्लेख गरेको पाइन्छ, तर त्यस्ता बस्तुहरु लाई जतिनै पिछा गर्दा पनि नभेट्टाईएको भनाई पाइन्छ ।

ठ्याक्यै यही हो भनी यकिन गर्न नसकिए पनि ती उड्ने बस्तुहरुलाई संकेत पठाउँदा बेवास्ता गर्ने गरेको र चेतावनी दिदाँ वा पिंछा गर्दा द्रुतगतीमा भाग्ने गरेको प्रशस्त कहानीहरु सुन्न र पढ्न पाइन्छन् । २०१७-१८ तिर पनि अमेरिकाको आकाशमा त्यस्ता उड्ने बस्तुहरुको चित्रहरु (फुटेजहरु) देखिएको दावी गरिएको पाइन्छ र त्यस्तै प्रकृतीका घटनाहरुको उल्लेख रसियाको आकाशमा पनि हुने गरेको सुन्न पढ्नमा पाइन्छ । सुरक्षाको लागी अ-आफ्नो आकाशमा राखिएका अत्याधुनिक क्यामेराले स्पष्ट चिन्न र छुट्ट्याउन गाह्रो हुने त्यस्ता आकृती वा चित्रहरु (फुटेजहरु) अबलोकनमा आएको कुरा त्यहाँका वायुसेनाका अखाडाहरुले उल्लेख गर्ने गरेका छन् । तर हाल सम्म पनि त्यस्ता संकास्पद उड्ने बस्तुहरुसंग जम्काभेट भएको भने कतै उल्लेख गरेको पाईएको छैन ।

एलियनको बारेमा हाम्रो गलत मान्यता:
यो अनन्त: ब्रमाण्डमा पृथ्वीभन्दा बाहिर जीवनहरु र सभ्यताहरु हुनसक्ने प्रशस्त तर्क र संभावनाहरुको बारेमा माथी धेरै नै चर्चाहरु भईसके । ब्यक्तिगत रुपमा म आफैं पनि यसको पक्षमा छु र यो कुरा मा पूर्ण बिश्वस्त पनि छु कि छिट्टैनै (केही दशका भित्रमै) अन्य ग्रहमा जीवन र सभ्यता पत्ता लाग्ने छ । र मलाई यो कुरामा पनि पुरा बिश्वास छ कि ती एलियन-सभ्यताहरुमा कुनै हामी भन्दा अझै कलिलो ((कान्छा) हुन सक्छन् भने कुनै हामी भन्दा धेरै उन्नत र विकशीत पनि छन् ।

केही दशक यता आएर संचारका विभिन्न माध्यमहरु जस्तै छपाई, विधुतीय, श्रब्य-दृश्य आदिमा एलियन संबन्धी धेरै काल्पनीक कथावस्तुका चित्र सहीतका सामाग्रीहरु प्रस्तुत वा प्रसारण हुदै आईरहेका छन् । प्राय: सबै सामाग्रीहरुमा देखाईने चित्रमा एलियनको स्वरुप धेरै अनौंठो, जिउ नमिलेको, आँखा, नाक, मुख, घांटी, हात, खुट्टा आदिको बनौट पनि अस्वभाविक खालको देखाइएको पाइन्छ । तर यस बिषयमा मेरो स्पष्ट मान्यता यो छ कि, पृथ्वी सम्मको यात्रा गर्न सक्ने ती उन्नत सभ्यताका एलियनहरु हामी भन्दा पनि परिष्कृत र शारिरीक सुसंगठन भएका, आकर्षक, अग्ला र स्वास्थ्य हुनु पर्छ ।

जुन जीवको टाउको (दिमाग) गुरुत्वाकर्षणको बिपरित अवस्थित हुने गर्दछ, त्यो जीवको बौंद्धिक बिकाश छिटो र स्मरणशील पनि बढी हुन्छ । जसरी यो पुस्तासम्म आईपुग्दा मानव प्रजातीमा पनि प्रशस्त सुधार भएको हो र जती पुस्ता अघि बढ्दै जान्छ उती जमीन माथी सिँधा ठांडो उभिने क्षमताको बिकाश हुनुका साथै बौद्धिक क्षमता पनि विकशीत र परिष्कृत हुंदै जान्छ । यदि कुनै एलियन हामी मान्छेहरुको बीचमा एलियन-सभ्यताबाट आएको छ भने उनीहरुलाई छुट्ट्याउन नसकिने पनि हुन सक्छ, तर एलियनहरु पृथ्वीका मान्छेहरु जस्तै नै हुन्छन्, यो जरुरी भने छैन ।

यस आलेखका प्रस्तोता (लेखक) राम राज प्रताप भण्डारी दिगो बिकाश तथा वातवरणविद्व् र मानवशास्त्री हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal