पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटनाः दुई जनाको मृत्यु, ३० जना घाइते

पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटनाः दुई जनाको मृत्यु, ३० जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज विकले जानकारी दिए । घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal