त्यसैले म घर जान चाहन्छु

त्यसैले म घर जान चाहन्छु

कृष्णराज तिमल्सिना

हरेक मानिस लाई आफ्नो जन्मभूमि स्वोर्ग नै लाग्छ जब संकट आउछ तब आफ्नो जन्म ठाउँ गाउ पाखा पखेरा खोला नाला को याद मान्छे लाई आउछ र चाहे खोला नदि तर्नु परोस चाहे भोकै हिड्नु परोस अथवा जस्तो सुकै परिस्थिति मा पनि आफ्नो गाउ पुग्नु पहिलो लक्ष्य हुन्छ |

गाउ मा शोषण को स्थिति जति सुकै भय पनि झुपडी भय पनि खुल्ला आकास हुन्छ फराकिलो खेत को कान्ला हुन्छ भकारी मा अन्न हुन्छ रछ्यान मा हरियो तरकारी हुन्छ मूल को कलकल झरेको पानि हुन्छ र उ खुल्ला सास फेर्न पाउछ |

साघुरो सहर मा काम नभय पछी उसलाई निशास लाग्छ दिक्क लाग्छ त्येसपछी आफ्नो गाउ को याद आउछ र कठिन परिस्थिति मा पनि आफ्नो बाटो गाउ को लागि तय गर्छ | टेलिभिजन को पर्दा मा नदेखियको मजदुर हरु को कन्त बिजोग ले यहा को सरकारको समबेदनाशिलता को अभाब लाई छर्लंग पारेको छ |

अहिले को स्थिति मा पत्रकार हरु नेता हरु एक ले अर्को लाई गलत साबित गर्न मा नै ब्यस्त छन् | अनुभव र शिक्षा को आधार मा भन्दा पनि गफ ले देश हाक्न मा प्राय सबै ब्यस्त छन् | कोहि मन्त्र भनेर हटिजा भनेर भाइरस हटाउन लागि परेको छन् भने कोहि दीपावली गर्न लगायर कोहि राष्ट्रिय गीत बजायर भाइरस हटाउन लागि परेको छन तर मजदुर लाई १ कुरा को याद छ मा गाउ कसरी पुगौ ?

चोरि बाटो झुट बोलेर प्रहरी प्रशासन को आखा छलेर हुन्छ कि १२ दिन हिडेर गाउ पुग्नु नै छ चाहे सोलु देखि कैलाली सप्तरी देखि मोरंग काठमाडौँ देखि रामेछाप सम्म ,अरु त अझ के सम्म देखियो भने नाका नाका मा आफ्नो देश गाउ फर्कन को लागि ज्यान को बाजी लगायर महाकाली नदि समेत पौडियर पार गर्दै भिजेको नाङ्गो जिउ लियर पुलिस हिरासत मा पुग्दै घर आउने मजदुर को कथा छुटै छ|

पोका पन्तुरा पीठमा बोकी २/४ महिना को बच्चा बोकी १२ दिन सम्म को हिडाई हिड्ने बटुवा अरु कोहि नभयर घर फर्कने मजदुर नै हुन् |

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal