विद्यार्थिलाई अनलाईन मार्फत पठनपाठन गराउने पाँचखाल नपाकाे निर्णय

विद्यार्थिलाई  अनलाईन मार्फत पठनपाठन गराउने पाँचखाल नपाकाे निर्णय

काभ्रेपलान्चोक /

काेेराेेनाकाेे महामारिमा लक डाउनकाे समयमा विद्यार्थीहरुकाेे पठन पाठनलाई अगाडि बढाउन पांचखाल नगरपालिकाले अनलाइन शिक्षा अगाडि बढाउन तयारि गरेकाे नगर प्रमुख महेश खरेलले बताए ।

पाँचखाल नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापक प्रतिनिधि समेतको उपस्थितिमा शैक्षिक क्षेत्रका व्यवस्थापन तथा सञ्चालनका विषयमा छलफल गरि कार्ययाेजना समेत तय गरेकाे छ ।

उक्त बैठकले पाँचखाल नगर भित्र रहेका विद्यालयहरुले शैक्षिक सत्र २०७६ मा कक्षा १ देखि ९ सम्म लिइएको परीक्षाको नतिजा यहि बैशाख १५ गते सम्म प्रकाशन गरी विद्यालयहरुले आफ्ना विद्यार्थी वा अभिभावकहरुलाई कुनै भेला नगरीकन फोन, सामाजिक संजाल मार्फत जानकारी गराउनु पर्ने छ ।
त्यसै गरि शिक्षक तथा विद्यार्थीहरुले बन्दाबन्दीको समयलाई पूर्ण रुपमा सदुपयोग गर्न सकियोस भन्ने हेतुले विद्यालयका प्रअहरुको आपसी समन्वयमा शैक्षिक सत्र २०७७/७८ को कक्षागत पाठ्यक्रम बमोजिक विषयगत भिडियो तयार गर्ने, मिडास जुम जस्ता एप्सहरुबाट शैक्षिक सामाग्री डाउनलोड गरी विद्यार्थीको पँहुचमा पुर्याउने तथा अनलाईन मार्फत पठनपाठन गराउने निर्णय गरेकाे छ ।

ठुला कक्षाका विद्यार्थीले साना कक्षाका विद्यार्थीलाई किताव हस्तान्तरण गर्ने त्यसको समन्वय सम्बन्धित विद्यालयहरुले गर्ने निर्णय भएको छ ।

यसको समन्वयको लागि विशाल घिमिरेको संयोजकत्वमा ६ सदस्यीय समिति समेत निर्माण भएको छ । समितिमा विशाल घिमिरे, सरोज न्यौपाने, बैकुण्ठ न्यौपाने, दिनेश चौहान, विद्यालक्ष्मी देउजा र सदस्य सचिवमा उदय कोईराला रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal