धुलिखेल उद्योग वाणिज्य संघ द्वारा स्वास्थ्य तथा खाद्य सामग्री वितरण

धुलिखेल उद्योग वाणिज्य संघ द्वारा स्वास्थ्य तथा खाद्य सामग्री वितरण

काभ्रेपलान्चोक । काेराेना भाईरसका कारण सृजित विषम परिस्थितिलाई सहज बनाउने उद्श्यले धुलिखेल उद्योग वाणिज्य संघको सहकार्यमा धुलिखेल नगरपालिका वडा नं. १ देखि १२ सम्मका स्वास्थ्य चौकीहरुमा साबुन माक्स पञ्जा सेनिटाईजर तथा खाद्य सामाग्री बितरण गरिएको छ ।


जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारीमार्फत हेन्ड सेनिटाईजर र वाटर डिस्पेेन्सर हस्तातरण गरिएकाेे छ । वडा नं. १, २, ५, ६ र १० मा वडा अध्यक्ष संंग सहकार्य गरि विपन्न बर्गका मजदुरहरुलाई राहत खाद्यान्न, विभिन्न वडाहरुमा धुलिखेल उद्योग वाणिज्य संघ र रोटरी क्लब अफ धुलिखेलको सहकार्यमा हात धुन ५०० लि ट्यांकी जडान गरिएको छ ।

धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजूका अनुसार नागरिकहरुलाई सर्वसुलभ खाद्यान्न लगायत सामानहरु घुम्ती सेवा मार्फत् नगरका टोलटोलमा वितरण गरिएको थियो । साल्ट ट्रेडिङ कर्पोरेशन र धुलिखेल उद्योग वाणिज्य संघ संयुक्त सहकार्यमा बिभिन्न वडाहरुमा खाद्यान्न बिक्री बितरण गरिएको थियो भने टाढा टाढा पैदलमा हिँड्ने नागरिकहरुलाई र ड्युटिमा खटिने प्रहरी जवानहरुलाई लक्षित गरी खानेपानी र चाउचाउ बितरण गरिएको थियो ।

धुलिखेलका ब्यबसायीहरुलाई लकडाउनको पुर्ण पालना गर्न सामाजिक दुरी कायम गरी भिडभाड नगरी अति आवश्यक पसलहरु सञ्चालन गर्न सुचित गराईनुको साथै पञ्जा र माक्स लगायर बिक्री गर्नु भनि माक्स पञ्जा बितरण गरी जनचेतना जगाइएको थियो । उहाँका अनुसार आज दिउँसो व्यवसायीहरुसँग बैठक बसी बजारमा अस्तव्यस्त अवस्थामा रहेको बजारभाउलाई एकरुपता दिनको लागि सार्वजनिक प्रतिबद्धता जाहेर गर्दै मूल्य सूची सार्वजनिक गर्न बैठक बस्न गइरहेको बताउनुभएको छ ।

धुलिखेल उद्योग बाणिज्य संघको समन्वयमा विभिन्न क्लब र संस्थाहरुलाई बिभिन्न वडामा राहत बितरण गर्नुको साथै सबै वडा अध्यक्षहरुले मजदुरहरुको अवस्था, खाद्य सामाग्री र दुग्ध पदार्थ र तरकारीको बजार वस्तुस्थिति जानकारी लिई सहज रुपमा खरिद बिक्री गर्न विशेष पहल गरिरहेकाे अध्यक्ष मञ्जु कुमार काेजुले जानकारि दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal