स्वास्थ संस्थालाई प्रारम्भ द्वारा १ सय ३७ थान पिपिई हस्तान्तरण

स्वास्थ संस्थालाई प्रारम्भ द्वारा १ सय ३७ थान पिपिई हस्तान्तरण

विश्वमै महामारिकाे रुपमा आएकाे काेराेना भाईरस ( काेभिड – १९) का कारण उच्च जाेखिममा रहेर स्वास्थकर्मि ले काम गरिरहेकाे अवस्थामा सुरक्षा कवचकाे रुपमा लिईएकाे पिपिई प्रारम्भ नामक सामाजिक संस्थाद्वारा निशुल्क वितरण गरिएकाे छ ।

सकेसम्म सम्बन्धित अस्पताल तथा संस्थामै पुगेर हाल सम्म १ सय ३७ थान पिपिई वितरण गरिसकिएकाे प्रारम्भ का प्राेजेक्ट डाईरेक्टर बद्रिराज तिमल्सिना ले जानकारि दिए ।

आज सम्म आईपुग्दा टिचिङ अस्पताललाई २५ थान, वीर अस्पताललाई २५ थान, पाटन अस्पताललाई २५, धुलिखेल अस्पताललाई २५ थान, बनेपा शिर मेमाेरियल अस्पताललाई ५ थान, बनेपा अस्पताललाई २ थान, पनाैति नगरपालिका भित्रका स्वास्थ्य संस्थालाई १० थान वितरण गरिएकाे छ ।

यसका साथै प्रारम्भ र आनि छाेईङ डाेल्मा फाउन्डेसनको सहकार्यमा दैलेख सेवा समाज, मनाघरि फाउन्डेसन र भाेलेन्टेयर्स रिसर्च फाउन्डेसनको समन्वयमा दैलेख जिल्लाका ११ स्थानिय तहका लागि २२ थान पिपिई वितरण गरिसकेकाे र थप वितरणकाे तयारि भैरहेकाे सिङगापुर रेडक्रशका नेपाल प्रतिनिधि कल्पना क्षेत्रिले जानकारि दिईन ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal