प्रारम्भ र आनी छोईङ् डोल्मा फाउण्डेशन द्वारा काभ्रेमा पिपिई हस्तानतरण

प्रारम्भ र आनी छोईङ् डोल्मा फाउण्डेशन द्वारा काभ्रेमा पिपिई हस्तानतरण

काभ्रेपलाञ्चाेक/

काेराेना भनईरस ( काेभिड-१९) ले महामारिकाे रुप लिए संगै स्वास्थ्यकर्मि र सुरक्षाकर्मिले उच्च जाेखिममा रहेर काम गरिरहेकाे बाध्यात्मक परिस्थितिमा सुुरक्षित तवरले सेवा प्रदान गर्दा लगाईने पिपिई लगाएतकाे सामाग्री हस्तान्तरण कार्यलेे तिव्रता पाएकाे छ ।

प्रारम्भ र आनी छोईङ् डोल्मा फाउण्डेशन द्वारा काभ्रेका विभिन्न स्थानिय तह तथा स्वास्थय संस्था लाई पिपिई र अन्य सामाग्री हस्यतानतरण गरिएकाे छ ।

रोशी गाउँपालिकाका लागि १५ थान पीपीइ किट सेट, २० थान एन ९५ मास्क र २४ थान फर्स्ट एड किट्स पालिका प्रमुख डीबी लामा हस्तान्तरण गरिएकाे छ । त्यसैगरि तेमाल गाउँपालिकाका लागि १० थान पीपीइ किट सेट र २० थान फर्स्ट एड किट्स प्रदान गरिएकाे छ । साथै धुलिखेल नगरपालिका वार्ड न. ११ (पातलेखेत) का लागी वार्ड अध्यक्ष बिष्णु धिताललाई २/२ थान पीपीई किट सेट र फर्स्ट एड किट्स प्रदान गरियकाे प्रारम्भका प्राेजेक्ट डाईरेक्टर बद्रिराज तिमल्सिनाले जानकारि दिए ।

आनी छोईङ् डोल्मा फ़ाउण्डेशनद्वारा प्रबन्धित उक्त सामग्री गायिका आनी छोईङ् डोल्मा, सिंगापुर रेडक्रसकी नेपाल प्रतिनिधि कल्पना क्षेत्रि र प्रेस काउन्सिलका सदस्य इश्वरी ओझा, प्रेस युनियन काभ्रे अध्यक्ष कपिल कोइराला र अरनिको टिभीकी सम्झना हुमागाईंसहितको टिमले हस्तान्तरण गरेको तिमल्सिनाले बताए ।

यसअघि प्रारम्भद्वारा धुलिखेल अस्पताललाई २५ थान, बनेपा शिर मेमाेरियल अस्पताललाई ५ थान, बनेपा अस्पताललाई २ थान, पनाैति नगरपालिका भित्रका स्वास्थ्य संस्थालाई १० थान वितरण गरिसकेकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal