३५ वर्षे गोरेले ८१ वर्षीया बृद्धालाई गरे बलत्कार !

३५ वर्षे गोरेले ८१ वर्षीया बृद्धालाई गरे बलत्कार !

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका, ३ राखुपिप्लेकी ८१ वर्षीय वृद्धा बलात्कृत भएकी छिन् । शुक्रबार राति १० बजेको समयमा आफ्नै घरमा स्थानीय ३५ वर्षीय र गोरे परियारले राम्रोसँग बोल्न र हिँड्न नसक्ने वृद्धालाई बतात्कार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

राति घरभित्र वृद्धा मात्रै सुतेको अवस्थामा परियारले एक्लै भएको मौका छोपी बलात्कार गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बलात्कारमा संलग्न आरोपित गोरे परियारलाई भाग्न लागेको अवस्थामा छिमेकीले समातेर प्रहरीको जिम्मा लगाएको हुन् ।  यो समाचार नेपाल समाचारपत्रमा छ ।

प्रहरीका अनुसार वृद्धा मात्र सुतेको घरभित्र वृद्धाले अस्वभाविक आवाज निकालेपछि छेवैका घरमा बस्ने नातिनीले हेर्दा बलात्कार गर्न लागेको देखेपछि उनले छिमेकीलाई खबर गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal