स्थानीय तहलाइ सहयोग गर्दै काभ्रे कांग्रेस

स्थानीय तहलाइ सहयोग गर्दै काभ्रे कांग्रेस

बनेपा । नेपाली काँग्रेस काभ्रेले जिल्लाका सबै स्थानीय निकायलाइ स्वास्थ्य सामाग्री वितरण सुरु गरेको छ ।

कांग्रेस केन्द्रिय सदस्य शिब प्रसाद हुमागाईंको अगुवाईमा स्थानीय सरकार प्रमुख हरुलाइ पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) र मास्क वितरण गरिएको छ ।

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाका स्थानीय तहहरु मार्फत स्वास्थ्यकर्मीहरुलाई पिपिई र माक्स वितरण गरिरहेको काभ्रे कांग्रेसले जनाएको छ ।

पार्टीको ट्रेड युनियन बिभागका केन्द्रिय संयोजक समेत रहेका हुमागाईको नेतृत्वमा रहेको टोलिले पीपीइ मास्क लगायत स्वास्थ्य सामग्री बिभिन्न गाउँ तथा नगर प्रमुख हरुलाइ उपलब्ध गराइएको हो ।

केन्द्रिय सदस्य हुमागाईंको समुहमा संबिधान सभा सदस्य तिर्थ लामा प्रदेश सभा उमेद्वार सुन्दरमणि आचार्य काभ्रे कांग्रेसका सचिव दिनेश लामा क्षेत्रिय सभापति रमेश हुमागाईं सचिब गुणराज मोक्तान लगायत छन् ।

समुहले मंगलबार पाँचखाल नगर प्रमुख महेश खरेल मण्डन देउपुर नगर प्रमुख टोकबहादुर वाईबा भुम्लु गाउँपालिका प्रमुख गुमानध्वज कुँवर र चौरीगाउ पालिका प्रमुख दिनानाथ गौतमलाइ सामाग्री हस्तान्तरण गरेको हो ।

आज धुलिखेल नगरपालिका उप-प्रमुख बिमला शर्मा र पनौती नगरपालिका प्रमुख भिम न्यौपानेलाइ समेत स्वास्थ्य सामग्री वितरण गरिएको केन्द्रिय सदस्य हुमागाईंले बताए ।

उनका अनुसार जिल्ला स्थित १३ ओटै स्थानीय तहका लागि अत्यावश्यक स्वास्थ्य सामग्री वितरणको तयारी रहेको छ । जिल्लाका बिकट मानिएका खानीखोला तथा महाभारतसम्म पुग्ने उनीहरुको योजना छ ।

बिपत र महामारीका बेला राजनीतिक आस्था र सिद्दान्तलाइ बिर्सेर एकले अर्कालाइ मद्दत गर्न र सामाजिक सद्भाव कायम होस् भनेर आफुहरु सानो मायाको चिनो लिएर स्थानीय प्रमुखलाइ भेट्न पुगेको हुमागाईंले बताए ।

संसार भरि अभाव भैरहेको बेला यति सामग्री पर्याप्त नभए पनि स्थानीय तहसंग अन्तर्किया गरि स्थलगत अध्यन यसलाई थप सहयोग गर्न सहज हुने भन्दै तत्काल नमोबुद्द नगरपालिका सहित तेमाल र रोशी गाउँपालिका जादै गरेको संबिधान सभा सदस्य तिर्थ लामाले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal