समय र समय-यात्रा

समय र समय-यात्रा

राम राज प्रताप भण्डारी
समय:
तपाई “समय” भन्ने बित्तिकै के सम्झनु हुन्छ ? तपाईको मस्तिष्कमा तुरुन्तै के कस्तो तस्वीर उब्जन्छ ? पक्कै पनि घडी ? प्राय: सबै को मस्तिष्कमा यही नै हुन्छ होला । या समयलाई दिन बिंतेको संग तुलना गर्न वा सोच्न थाल्नु भो भने तपाई पाँत्रो पनि सम्झन सक्नु हुन्छ। के घडी नै समय हो ? या पाँत्रोमा दिनहरु, हप्ताहरु अनि महीनाहरु बित्त्दै जानु नै समय हो ? या समय बास्तवमा हो चाँही के ?

समयको चाँखलाग्दो सत्य त यो छ की मान्छेहरुले बिबिध तरिकाले समयलाई उपयोग गर्दै आएको हजारौं हजार बर्ष सम्म पनि समयको बारे मान्छेहरुलाई थाहा थिएन । या यो भनौं की बैज्ञानिकहरुले केही समय अघी मात्र समय को गुथ्थी सुल्झाएका हुन् । पूर्बीय संभ्यताका प्राग-ऐतिहासिक र पौंराणिक बिभिन्न कथनहरुको आधारलाई भन्ने हो भने परापूर्ब काल देखीनै समयको परिभाषा र प्रयोगसमेत हुदै आएको छ । र त्यस्तै पश्चिमी समाज र संभ्यता पनि सोही अनुरुपका कुराहरु उल्लेख गरेको पाइन्छ ।

संसारका प्राय: सबैजसो मान्छेहरुलाई थाहा हुने, जान्ने र अत्याबश्यक कुरा हो समय, तर सारै थोरै मान्छेलाई जानकारी भएको बिषय पनि हो समय । यो पनि उत्तिकै आश्चार्य लाग्ने सत्य हो की मान्छेहरुले दर्शन, खगोल, भूगोल, ईतिहास, अर्थतन्र, गणित, औंषधी लगायत हरेक खालका बिज्ञानहरुको जानकारी प्राप्त गर्दा पनि र स्वंयम समयको प्रयोगको धेरै पछी वा भनै भर्खरै मात्र समयको पछिको रहस्य र बिज्ञानको उजागर भएको हो । समय हो के, यो कहिले र कंहाबाट सुरु भयो, र यसको अन्त्य कहिले हुन्छ, यी प्रश्नहरुका जवाफ अहिले आएर बैज्ञानिक र विज्ञहरुसंग छ । के तपाई जान्न इच्छुक हुनुहुन्छ ?

समयलाई घडीसंग संझनु भनेको यस अनन्त ब्रमाण्डको संचालक जो अदृष्य छ, उसलाई बिभिन्न धर्महरु अनि संप्रदायहरुले अ-आफ्नो भगवान भनीकन पूकार्नु जस्तै हो । जसरी घडीहरुका पृथक रंग, आकार, मोडल, ब्राण्ड, गुणस्तर आदि हुन्छन्, अझ ठाँउ अनुसारको फरक-फरक समय हुन्छ, त्यस्तै अलग समाज र संस्कृतीहरुमा समय झै अदृश्य भगवानका पनि अलग-अलग, नाम, रुप, काम क्षमता र बिषेशताहरु हुने गरेको पाइन्छ ।

यो ब्रमाण्डमा समयले के अर्थ राख्दछ, यसको अस्तित्व कस्तो हुन्छ, यो छिंट्टो वा ढिंलो कसरी बित्दछ ? यस बारे पछी चर्चा गरौंला । पहिला समय वास्तवमा हो के, यसैको बारे जान्ने कोशिस गरौं । पृथ्वीको सन्दर्भमा भन्नु पर्दा सामान्य अबस्थामा समय एकै प्रकारले चल्दछ वा बित्दछ । समयको आँखाम सबै एक समान हुन्छन्, र सबैको लागी समय एकै नासले चल्दछ ।

यसको महत्वपूर्ण अर्थ यो हुन्छ की सबै जीब जन्तु वा बनस्पतिको लागी पनि समयको गती र प्राप्ती एउटै हुन्छ । समयले कसैलाई पनि न्याय र अन्याय गर्दैन । यतीसम्म की यसले ठुला-साना, धनी-गरिब, सजीव-निर्जीव कसैलाई पनि बिभेद गर्दैन । सबैको लागी समयको गती, मान, अर्थ एकै हुन्छ, फरक यती मात्रै हुन सक्ला की यसको उपयोग र महत्व हरेकमा फरक-फरक होला ।

यस धर्तीमा करिब ४ हजार जती धर्महरु बिध्यमान छन् भने ती धर्म भित्र हजारौं हजार भगवानहरु छन्, तर जसरी समय मात्र एउटै हुन्छ, त्यस्तै भगवानको मूल अस्तित्व पनि एउटै होला भन्न सकिन्छ । तर भौंतिक रुपले भगवानको उपस्थिती वा अस्तित्व भने हाल सम्म पनि सबित हुन सकेको छैन । त्यस्तै यस ब्रमाण्डको अपार र असिमीत शक्तीलाई पनि समय र भगवान संग तुलना गर्न सकिन्छ भन्ने दार्शनिक तर्कहरु पनि प्रशस्तै छन् ।

ब्रमाण्ड, यसको उत्पत्ती, संरचना, अन्त्य सहित, र भगवानको अस्तित्व दुबै बिज्ञानलाई चुनौंती दिने र यिनीहरुको सुरु र अन्त्य अनुमान गर्न नसकिरहेका रहस्यहरु हुन् । कम्तीमा ब्रमाण्डको अस्तित्व र बनावटको अनुमान बिज्ञानले परिकल्पना गर्न र त्यसोको ढाँचा काल्पनिक नै भएपनि प्रस्तुत गर्न सक्षम भएका छन् । तर हालसम्म पनि बैज्ञनिक खोजबाट भगवानको अस्तित्व र उपस्थिती को कुनै ठोस प्रमाण प्राप्त हुन सकेको छैन ।

भौंतिक बिज्ञानको मान्यता अनुसार प्रमाणहरु प्राप्त नभएका बिषय वा बस्तुहरुको अस्तित्व र उपस्थितीलाई स्वीकर्न सकिदैन तर यसको अर्थ भगवानको अस्तित्व सत-प्रतिशत छैन भन्न सकिदैन । अत: यो अझैपनि खोज र अनुसन्धानको बिषय हो । त्यस्तै समय यसको उत्पत्ती, उपस्थिती, अन्त्य आदि पनि ब्रमाण्ड र भगवान जत्तिकै रहस्यमयी छ ।

तपाईले सपनामा आफ्ना बिगतका दिनहरुका वा आफैं सानो भएको र त्यसै अनुसारको कृयाकलापहरु पनि गरेको सपनाहरु देख्नु भएको होला । वा कहिलेकाही त भविष्यमा समेत गएर कुनै काम वा गतिविधीहरु गरेको सपनापनि देखेको हुनु पर्दछ । प्राय: मान्छेहरुले यस्तो सपनाहरु देखेको उल्लेख गर्ने गरेका छन् । र यसरी यस्ता सपनाहरु देख्ने संभावना हुन्छ पनि, किनकी सपना एक अस्वभाबिक (Virtual) दुँनिया र यथार्थता हो ।

कल्पनाको दुँनिया र सपना असंभव भन्ने केही पनि हुदैन । तर, वास्तबिक जीवनमा सपनामा जस्तै बर्तमानबाट बिगतमा वा भविष्यमा जानु भनेको समय-यात्रा (Time Travel) हो । या मान्छेहरु बितेको समयमा जान सक्नु वा आउने समयको अग्रीमरुपले भ्रमण गर्न सक्नु नै समय-यात्रा हो । समय प्राकृतिक बस्तु हो, र शाश्वात सत्य पनि हो भने समय-यात्रा हाल सम्म फगत काल्पनिक हो, कुनै दिन सत्य साबित भएपनि कृतिम बस्तु हो ।

बैज्ञानिकहरुको भनाई अनुसार समय-यात्रा संभव छ । अहिले सम्म समय-यात्रा एक कल्पनिक संदर्भ मात्र हो, र यो गणितीय समिकरण मै सिमीत छ । समय-यात्रा को कल्पनाले मात्र पनि हामीहरुलाई रोमान्चित बनाउँदछ, तर सामान्य दिमागले सोच्दा यो असंभव जस्तो लाग्छ । के तपाईहरु पनि समय-यात्रामा जान ईच्छुक हुनुहुन्छ ? तपाईहरु अ-आफ्नो सिटको पेटी दह्रो संग बाँध्नु होला, केही समय पछी हामी साथ साथैं समय-यात्रा गरौंला । तर त्यो भन्दा पहिले समयको बारे केही जानकारी लीउँ ।

समयको सुरुवात, अस्तित्व र अन्त्य:
भगवानको अस्तित्वको बारेमा त यकीन गरी भन्न सक्ने आधार र सिद्धान्त अझै उपलध भएको छैन । तर पृथ्वीमा भएका संपूर्ण सजीव, निर्जीव वस्तुहरु र स्वंयम पृथ्वी, अन्य ग्रहहरु, उपग्रहहरु, तारा तथा तारापुन्जहरु एवं सम्पूर्ण खगोलिय पिण्ड, पदार्थ र उर्जाहरु, लगायत यो अनन्त: ब्रमाण्ड सबैको कुनै बिषेश परिस्थितीमा उत्पत्ती वा जन्म भएकोले सीमित समयाबधी (आयु) पछी अन्त्य (मृत्यु) निश्चित छ । त्यसै गरेर समयको पनि उत्पत्ती बिषेश परिस्थितीमा उत्पत्ति भएकोले एक अबधीको पूर्णता पछी अन्त (मृत्यु) निस्चित छ ।

आज भन्दा करीब १३.५ अर्ब बर्ष पहिले महाविष्फोट (Big-Bang) बाट हाम्रो ब्रमाण्डको उत्पत्ती भएको मानिन्छ, जसको बैज्ञानिक पुष्टी पनि भएको छ । साथै तारापुन्ज सहित हाम्रो सौर्य प्रणाली लगायत पृथ्वी र अन्य ग्रहहरु तथा उपग्रहहरु आदिको पनि त्यस महाविष्फोटको लगभग ९ अर्ब बर्ष पछि अर्थात आज भन्दा करीब ४.५ अर्ब बर्ष पहिले उत्पत्ती भएको मानिन्छ । त्यही महाबिष्फोट भएकै स्थितीबाट नै समयको पनि उत्पत्ती भएको र त्यो भन्दा पहिले समय कुनै अस्तित्वनै थिएन भन्ने बैज्ञानिकहरुको तर्क छ ।

त्यो महाबिष्फोट अगाडी अहिलेको ब्रमाण्डको पनि अस्तित्व थिएन । हाल यस ब्रमाण्डमा जती पिण्ड र उर्जाको परिमाण छ, त्यो महाबिष्फोट भन्दा अगाडी मात्र एक बिन्दुमा समेटीएको थियो जसको न त सुरु थियो न त अन्त्य । त्यसैले त्यँहा न त अहिलेको ब्रमाण्ड नै थियो न त समय नै । र यसरी ब्रमाण्डको हाल सम्मको उमेर १३.५ अर्ब बर्ष भएको हिसाबले समयको उत्पत्ती भएको पनि त्यती नै बर्ष भयो भन्ने मान्यता छ ।

ब्रमाण्डको अन्त्य संबन्धी दुई अलग शिद्दान्तहरु अगाडी सारिएका छन् । पहिले शिद्दान्त अनुसार हाल यस ब्रमाण्डमा जती उर्जाको परिमाण छ, त्यो सबै एक दिन नास हुन्छ यानी अहिलेको रुपबाट अर्कै रुपमा परिबर्तन हुने छ र पदर्थहरु पनि सबै ब्रमाण्डीय धुलोको रुपमा छरपस्ट हुन्छन् अनि आपसी गुरुत्वाकर्षण बलले आपसमा बाँधीने छन् र एक ढिक्का भई सुरुवाती अबस्थाको जस्तै फेरी एक बिन्दुमा समाहीत हुन्छन् ।

त्यस्तै, दोश्रो शिद्दान्त अनुसार कुनै महाकालो प्वालको (Gaint Black Hole) अनन्त गुरुत्वबलको प्रभावले हालका सबै पदार्थहरु एकै ठाँउमा समाहीत भई त्यसमा अन्तरनिहीत असिमीत गुरुत्वबलको कारणले पून: एकै बिन्दुमा समेटीने छन् । बैज्ञानिक मान्यता अनुसार ती दुबै अबस्थामा अहिलेको ब्रमाण्डको अन्त्य हुने छ र त्यही क्षण समयको पनि अन्त्य हुने छ ।

समयको ब्यबहारीक प्रयोग:
आलेखको सुरुमै सन्दर्भको उठान भयो की सामान्यतया सबैले समय भन्ने बित्तिकै घडी या पाँत्रोलाई संझन्छौं । र यो स्वभाबिक पनि हो, किनकी समय मात्र महशुस गर्ने कुरा हो, यसलाई छुन वा देख्न किमार्थ सकिन्न, जबकी थाहा पाउनु पर्दा या घडी या पाँत्रो नै हेर्ने हो । तपाईहरुले यो कहिले बिचार गर्नु भएको थियो की फरक-फरक कंपनीहरुबाट बनेका घडीले ठ्याकै एकैनासले, एउटै समय कसरी दिन्छन् ?

कंपनीहरुले नै समय बनाउने हो भने घडीको जस्तै समयको पनि अलग अलग नाम हुनु पर्ने हो । सबै घडी मा १ सेकेण्डको समयाबधी एउटै हुन्छ, अनि सबै को लागी ६० सेकेण्डको १ मिनेट, ६० सेकेण्डको १ घण्टा, २४ घण्टाको १ दिन, अनि यस्तै यस्तै गर्दै महिना, बर्ष, दशक, सताब्दी, वा सो भन्दा माथीका ठुला समयका अबधीहरु आदि । समय निरन्तर, एकरुपी, औपचारिक, व्यवस्थित र सार्वभौमिक कुरा हो ।

तर कुनै दुई अलग-अलग ठाँउहरुमा समय फरक हुनु भनेको सूर्यको उदयको आधारमा त्यस ठाँउको दिन बित्ने वा दिन र रात हुने अबस्थाको तुलनात्मक ब्याख्या वा प्रस्तुती हो । समयको रफ्तार त्यही नै हो सदैब सेकेण्ड, मिनेट, घण्टा, बर्ष आदि । कुनै ठाँउको समय भन्नाले पृथ्वीमा त्यो निस्चित ठाँउको भौंगोलिक अबस्थिती, स्थान, दुरी आदिको पृथ्वीकै कुनै एक निश्चित ठाँउको समयको आधारमा कृतिम रुपेले परिभाषित वा ब्याख्या गरिएको मान्यता मात्र हो । यसले त्यँहाको दैनिकी चलाउन र कामकाज आदि लाई सजिलो पर्ने हो र बाँकी दुँनिया संग ब्यबहारीक समन्वय गर्न सक्ने बनाउनु मात्र हो ।

त्यस्तै समयको अर्को महत्वपूर्ण प्रयोग पाँत्रो हो, पाँत्रो भनेको सामाजिक, धार्मिक, व्यावसायिक वा प्रशासनिक उद्देश्यहरूको लागि दिन वा मिती क्रमिक रुप्ले ब्यबस्थित र आयोजना गर्ने प्रणाली हो । हरेक पाँत्रोमा गते, बार, हप्ता, महिना, र बर्ष को क्रमिक र औंपचरिक बिबरण र प्रस्तुति हुन्छ । २१ औं सताब्दीमा पाँत्रोको प्रयोग अति महत्वपूर्ण छ, कतिपय देशहरुको आफ्नै पाँत्रो भएपनि बिश्व भरीको मितीलाई एकरुपता दिनलाई ईस्वि संवतको पाँत्रो प्रयोग् गरिन्छ। नेपलमा आफ्नै मौंलिक विक्रम संवतको पाँत्रो प्रयोगमा छ । पाँत्रोको प्रयोगमा पूर्बीय संभ्यता अघी भएपनि ब्यबस्थित पाँत्रोको प्रयोग पश्चिमी मुलुकमा करिब ५५०० बर्ष अघी देखी भएको देखिन्छ ।

समयको बैज्ञानिक गणना तथा मापन एकाई
समयलाई त्रुटि रहीत र ठ्याक्कै मापन गर्न बैज्ञानिकहरुले आणविक घडीको आ बिस्कार रहेका छन् । आणविक घडीहरुले केही परमाणुहरुका इलेक्ट्रोनिक संक्रमणहरुबाट (Transitions) उत्पन्न हुने आबृतीहरु (Frequency) गणना गरी समयको निर्धरण गर्दछन् । यसरी आणविक घडीमा प्रयोग गरिने परमाणुहरु मध्ये एक सिजियम-१३३ (Caesium-133) परमाणु हो, जुन एक रेडियो एक्टिभ परमाणु हो ।

प्राय: जसो आधुनिक आणविक घडीहरुले सिजियम-१३३ परमाणु इलेक्ट्रोनहरुको कंपनहरूबाट उत्पत्ती हुने आबृतीहरुको माइक्रोवेभको साथ जांच गरी समयको निर्धारण गर्ने गर्दछ । सन् १९६७ देखि, मापनको अन्तर्राष्ट्रिय प्रणालीले समयको एकाई, सेकेण्डलाई, सिजियम-१३३ परमाणुको गुणको आधारमा प्रयोग गर्ने गरेको छ । र जसमा अन्तर्राष्ट्रिय प्रणालीले दुई सिजियम-१३३ परमाणुहरुको इलेक्ट्रोन स्पिन ऊर्जा स्तर बीचको संक्रमणमा उत्पन्न ९,१९२,६३१,७७० चक्रहरु विकिरण (Radiation) लाई १ सेकेण्डको रूपमा परिभाषित गर्दछ ।

समय ब्रमाण्डको चौथो आयाम:
समय सबै घटनाहरूको निरन्तर प्रगति हो र घटनाहरू जुन अतीतमा स्पष्ट अपरिवर्तनीय रूपमा त्यसको घट्दछन्, तिनीहरुको असरहरु वर्तमानमा हुंदै भविष्यमा समेत देखिन सक्दछ । तरपनि समय आफैंमा कहिलै पछि फर्कदैन, यो समयको सर्बब्यापी र अकाट्य सत्य पनि हो । समयले घटनाक्रमलाई क्रमबद्ध गर्न, घटनाहरूको अवधि वा उनीहरू बीचको अन्तरालहरू तुलना गर्न, र भौतिक वास्तविकतामा वा सचेत अनुभवमा परिमाणको परिवर्तनको दरहरूको मात्रा पुष्टि गर्न प्रयोग गरिने विभिन्न मापनहरू मध्ये एक हो । समय प्रायः चौथो आयामको रूपमा मानिन्छ, यसले ब्रमाण्ड अन्य ३ स्थानिक आयामहरूका साथ मिलेर घटनाहरुको अर्थपूर्ण पुष्टी गर्दछ ।

बिन्दुमा समेटिएको ब्रमाण्ड जब महाबिष्फोटबाट चौतर्फी बिस्तार भयो, तब स्थानिक मापनका ३ आयमहरु अस्तित्वमा आए, ती ३ आयामहरु हुन लम्बाई, चौंडाई र उचाई । त्यो भन्दा अगाडी संपूर्ण ब्रमाण्ड नै एक बिन्दुको रुपमा थियो, र बिन्दुको कुनै स्थानिक मापन हुन सक्दैन, बिन्दुको कुनै आयाम पनि हुदैन । भौंतिक बिज्ञानमा आयामको सिद्दन्तबाट बिन्दुलाई 0 (सुन्य) आयाम भ न्ने गरिन्छ । किनकी बिन्दुको लम्बाई, चौंडाई र उचाईहरु हुदैनन् र बिन्दुको अबस्थामा भएकोकुनै पनि बस्तुमा समयको पनि अतित्व हुदैन ।

ब्रमाण्ड आफैं पनि आयामहरुमा अबस्थित छ । यसको मतलव ब्रमाण्डको अस्तित्व छ भने त्यँहा अघि-पछि, तल-माथि र दाँया-बाँया दिशाहरु अस्तित्वमा हुने गर्दछन् । र ती सबै दिशाहरुको साथ-साथै समयको पनि अस्तित्व हुन्छ । अत: यही समयलाई नै ब्रमाण्डको चौँथो आयाम भनिन्छ । बस्तुहरु लम्बाई, चौंडाई र उचाईहरुका ३ आयमहरु र चौँथो आयाम समय सहित ब्रमाण्डको चार आयामी स्पेसको अवधारणा गणितीय र भौंतिक रुपले पूर्ण हुन्छ र यो बैज्ञानिक रुपले प्रमाणित पनि भएको छ । यसलाई स्पेस-टायम भनिन्छ ।

त्रि-आयामिक वा थ्रीडी (3D) अन्तरिक्ष अवलोकनको सरल सम्भावित अमूर्त कार्य हो, जुन प्रत्येकलाई दैनिक संसारमा वस्तुहरूको आकार वा स्थानहरूको वर्णन गर्न मद्दत गर्दछ । जबसम्म ती ३ आयामिक बस्तुहरुमा चौँथो आयाम समय जोडिदैन, त्यो अबस्था सम्म हाम्रो बस्तुहरुको प्रतीको बुझाई पूर्ण भएको हुदैन । किनकी ३ आयमिक बस्तुहरुको भनेको स्थिर आबस्थाका बस्तुहरु हुन् र त्यसमा चौँथो आयाम थपिए पछी त्यो बस्तु अब गतिमान हुन्छ, जुन यस ब्रमाण्ड को यथर्तथा पनि हो । त्यसैले समय यस ब्रमाण्डको अतिनै महत्वपूर्ण चौँथो आयाम हो र यसको उपस्थितीले नै उपग्रह, ग्रह, ताराहरु लगायत सबै बस्तुहरुसहितको अबस्थिती र अस्तित्व संभव भएको हुन्छ ।

ब्रमाण्डमा हुने संपूर्ण घटना र गतिबिधीहरुको ब्याख्या र अर्थ पुष्टी गर्न तिनै ४ आयामहरु काफी छन्, तर केहि बैज्ञनिकहरु र दार्शनिकहरुले यस ब्रमाण्डमा अन्य धेरै आयामहरु हुन सक्ने अनुमान र तर्कहरु अघी सारेकाछन् । यस तर्कहरु र अबधारणाहरुलाई पुष्टी गर्न दुई अलग-अलग शिद्धान्तहरु प्रस्तुत गरेको पाईन्छ, ती हुन १. स्ट्रींग (String) शिद्धान्त र २. एम (M) – शिद्धान्त ।

उनीहरुका अनुसार स्ट्रींग शिद्धान्तले १० आयामहरु र एम (M)- शिद्धान्त मा ११ आयामहरु यस ब्रमाण्डमा प्रस्तावहरु अघी सारेका छन् । तर कसै कसैले त यस ब्रमाण्डमा २६, ३६ वा सो भन्दा पनि बढी आयामहरु हुन सक्ने तर्क गरेका छन् । हाल सम्मलाई हाम्रो ब्रमाण्डको लागी चौंथो माथीका सबै आयामहरु मात्र काल्पनिक हुन् ।

समय-यात्रा (सिद्धान्त, विरोधाभास र सम्भावनाहरू):
भौंतिक बिज्ञानको फराकिलो मान्यता अनुसार समयको एक ३ अबस्थाहरु (बिन्दुहरु) हुन्छन्, भूत, बर्तमान र भविष्य । र तिनै समयको एक बिन्दुबाट अर्को बिन्दुमा जानु भनेको समय-यात्रा गर्नु हो । हामी अहिले रहेको समयको बिन्दु भनेको बर्तमान हो, समयको यस बिन्दुबाट अर्को बिन्दु यानी भूत या भविष्यमा जानुलाई नै समय-यात्रा हो । समय-यात्राद्वारा यदि हामी भूतमा गयौं भने हाम्रा पुर्खाहरुसंग भेट हुन्छ, जो बर्षौं अघीनै मरेर गई सकेकाछन्, र यदि हामी भविष्यमा गयौं भने हाम्रा भावी सन्ततीहरुसंग भेट हुन्छ, जो हाल सम्म पनि जन्मिएकै छैनन् ।

एक पटक कल्पना गर्नुस त कति रमाइलो हुन्छ होला अदि हामी भूतकालमा गई हाम्रो पूर्खाहरु भेट गर्न सकौं भने । त्यो समाज, त्यहाँको ज्ञान र प्रबिधी अहिलेको जस्तो पक्कै थिएन, हामी उनीहरुको लागी अलौंकीक र बिशिष्ट देखिन्छौं । त्यो समाजलाई हामी आफ्नो नियन्त्रणमा लिएर राज गर्न सक्छौं । की तपाई फेरी पृथ्वीमा नफर्कि त्यही राज गरेर बस्नु हुन्छ? तपाईको ईच्छा ।

त्यस्तै आजको दिनमा हामी संग नभएको कुरा वा बिगत मा हामीले गरेको गल्ती सुधार्न सक्छौं । इतिहांसले समेट्न नसकेका तथ्य र ज्ञानहरुको जानकरी प्राप्त गर्न सक्नेछौं । साथै डायनासोरको गतिबिधी लगायत रामायण र महाभारतका घटनाहरु प्रत्यक्ष देख्न र जान्न सक्छौं, टाइटानीक डुबेको कारण पत्ता लगाउन पनि नभुल्नुस है । यो सबै संभव छ यदि हामी समय-यात्रा गरी भूतकालमा जान सकौं भने ।

त्यस्तै गरेर यदि हामी भविष्यमा जान सकौं भने त्यो पनि अद्भूत रोमान्चक होला । यस्तो भएमा पहिलो त हामी हाम्रा भावी संतानहरु संग सांक्षत्कार हुन्छौ वा नजन्मिएका आफ्ना छोरा-छोरी, नाती-नातिनाहरुलाई भेट्दछौं । कल्पना गर्नुस कति रमाईलो होला, तर चक्लेट वा मिठाई लैजान नभुल्नु होला ।

आउने समाज कस्तो हुन्छ, कुन सहर नष्ट हुन्छ, कुन समुन्द्र तटिय सहरहरु पानी मुनी डुब्नेछन् भने कुन महाशक्तीले बिश्वलाई नेतृत्व गर्ने छ । यसरी हामीले भविष्यको यात्रा गर्ने क्रममा हाम्रो अबश्य पनि एलियनहरुसंग आमने-सामने र जम्काभेट हुनेछ । तब हुदैन त मज्जा ? यो सबै संभव छ, यदि हामी समय-यात्रा गरी भविष्यमा जान सकौं भने ।

समय-यात्राको कल्पना गर्नु जति सजिलो र रोमान्चित छ, यर्थाथतामा त्यतै नै कठिन र हाललाई सामर्थ बाहिरको छ । केही बैज्ञानिकहरुले समय-यात्रा गर्ने सक्ने संभवनाका केही शिद्दान्तहरु अघी सारेका छन् भने कती बैज्ञानिकहरुको समय-यात्रा बास्तबिकतामा संभव हुनै नसक्ने तर्कहरु राखेका छन् । केही बैज्ञानिकहरुले समय-यात्रा संभव भएपनि त्यसमा यात्रा गर्ने यात्रुहरु पृथ्वीमा जीवित फर्कन नसक्ने तर्क राख्दछन् । यीनै संभवनाका शिद्दान्तहरु र बिरोधाभासका बिचमा हालको समय-यात्राको कल्पना बाँचेको छ ।

स्वतन्त्र रुपेले पुष्टी नभएपनि र तिनीहरुका बैज्ञानिक प्रमाणहरु प्राप्त हुन नसकेपनि, यस्ता अनेकन किस्सा र कहानीहरु सुन्नमा आएकाछन् कि समय-समयमा भूत र भविष्यबाट बर्तमानमा मान्छेहरु समय-यात्रा गरी आएको पाईएकोछ । त्यस्ता समय-यात्रीहरुका अनुसार उनीहरु हाम्रो भविष्यबाट त्यँहा भएको तत्कालिन समस्याको निधान खोज्नको लागी हामी कहा बर्तमानमा आएका हुन । त्यस्तै केही भूतकालिन समय-यात्रीहरु समय-यात्राको क्रममा कतै अल्मलिएर अहिलेको हाम्रो समयमा आइपुगेका हुन् ।

यस्ता कथनहरुले समय-यात्रा गर्न सक्ने आशा पनि जगाउंदछ। हुन त बैज्ञानिकहरुका तर्क अनुसार समय-यात्रा संभव छ । उनिहरुले केही समय-यात्रा संभवनाका शिद्दान्तहरु पनि प्रस्तुत गरेका छन्, त्यस्ता समय-यात्रा संभवनाका शिद्दान्तहरु मध्ये केही यँहा उल्लेख छन् ।

उच्च आयामहरू द्वारा समय यात्रा – यस अवधारणा अनुसार पाँचौं वा सो भन्दा माथीका आयामहरु हाशिल गर्न सके भूत या भविष्य दुबैको समय-यात्रा सम्भव छ ।

भविष्यको लागि एकतर्फी यात्रा – यस सिद्दान्त अनुसार मात्र भविष्य समय-यात्रा संभव छ । यसमा यस्तो मान्यता छ की ती समय-यात्रीहरु जब यात्री फर्कन्छन्, पहिले छोडिएका सबै मान्छेहरु या त बुढा-बुढी भैसकेका हुनेछन् या उमेर पुगेर मरिसकेका हुनेछन् ।

स्पेस-टाइम भोरटेक्सको (Space Time Vortex) यात्रा – यो अबधारणा अनुसार बर्तमान समयको हिसाबले अतिरिक्त आयामी भंवर (बवन्डर/तुफान/भुंमरी) उत्पन्न गरिन्छ, र त्यसोको नतिजा स्वरुप यान भूत वा भविष्य तिर हुंत्तीन्छ जबकि भित्रका यात्रीहरूले सामान्य जस्तै समय बिताईरहेका हुन्छन् ।

ढिलो समय-यात्रा – यस सिद्दान्तका सनुसार कुनै एक यात्रु टायम-मसिन बक्स भित्र १ मिनेट रहँदा बाहिर १ दिन बितेको हुन्छ । यसरी उ भूत वा भविश्यमा समय-यात्रा गर्न सक्दछ ।

वर्महोल परिकल्पना – वर्महोलहरू आइन्स्टाइनको सामान्य सापेक्षताको क्षेत्र समीकरण अनुसारको संकुचन गरिएको एक काल्पनिक स्पेसटाईमको अबधारणा हो । वर्महोलको प्रयोग गरीएको प्रस्तावित समय-यात्रा मेशीनले कृतिमरुपले निर्मणगरिएको बिषेश संरचना भित्र प्रकशको झै तिब्र गती र नियन्त्रीत गुरुत्वबलको संतुलन कार्यको फलस्वरुप समय-यात्रालाई संभव बनाउँदछ ।

प्रकाश भन्दा छिटो यात्रा – यस शिद्दान्त अनुसार प्रकाश भन्दा छिटो उड्न सक्ने मेसिन को निर्माण गरी सक्ने प्रबिधीको बिकाश गर्न सकेमा समय-यात्रा गर्न सकिन्छ । त्यस्तो मसिन जो प्रकश भन्दा पनि छिटो यात्रा गर्न सक्छ, जसको हाल मात्र कल्पना गर्न सकिन्छ तर यथार्थतामा निर्मान गर्न धेरै समया लाग्ने निस्चीत छ ।

यसरी समय-यात्राका बिभिन्न शिद्दान्तहरु, त्यसका सिमा र बिरोधाभासहरुका ब्याख्या र तर्कहरु अस्तित्वमा आएपनि महान बैज्ञानिकहरु अल्बर्ट आइस्टाइन र स्टेफिन हकिन्स समय-यात्रा संभव भएको कुरामा बिश्वास गर्छन् । अहिलेको हामीसंग भएको बिज्ञान बिकाश र प्रबिधीको सिमा भित्र समय-यात्रा असंभव प्राय: छ ।

यसो भन्न पनि गलत होइन की समय-यात्रा बर्तमानमा कल्पना र संभवना भन्दा धेरै टाढाको बिषय हो । निकट भविष्यमा पनि छिट्टैं ब्रमाण्डमा समय-यात्रा गर्ने स्तिथी पनि देखिदैन । केही समय चाँही अबश्य लाग्न सक्छ तर आउने कुनै दिन समय-यात्रा संभव पनि छ । अत: निराश नहुनुहोस, धर्यता राख्नुहोस, समय-यात्रा गर्न तपाईहरुले अझै केही समय पर्खिनु नै पर्ने हुन्छ ।

यस आलेखका प्रस्तोता (लेखक) राम राज प्रताप भण्डारी दिगो बिकाश तथा वातवरणविद्व् र मानवशास्त्री हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal