कोरोना महाब्याधी र सरकार

कोरोना महाब्याधी र सरकार

प्रविण सापकोटा
समस्त खुसीहरू येतिखेर निरिह बनेका छन्, सम्पूर्ण जगत आफ्नो वेदना कुन भुवनमा गएर लुकाऊ भन्दै छन् | आज पूरा विश्व नै कोभिड-१९ को त्रासमा छ। महाव्याधिले सारा शक्तिलाई मौन बनाएको छ | महाभारतको नारायण अस्त्र झैँ कोरोना(कोभिड-१९) एक अचुक अस्त्रको रूपमा समस्त जगतलाई खेदी रहेको छ |संयुक्त राष्ट्रसंघ आफ्नो पचहत्तर वर्षे इतिहासमा कहिले नआएको विपत्तिमा आत्तिएको छ | यो कहरले सारा संसारलाई नै स्तब्ध बनाएको छ |

कोरोना महाव्याधिले हामीलाई पनि छाड्ने स्थिति छैन | देश पुरै लक डाउन मा छ | अहिलेसम्म यो कहरले नकारात्मक रुपले हामीलाई खेदेको छैन | तर पनि देश आतिएको छ , जनता अत्तालिएका छन् | अर्थतन्त्र क्षतिको आकलन गर्ने सक्ने अवस्था छैन | नेपाल मात्र नभई विश्वलाईनै अल्पकालीन र दिर्घकालिन असर पर्ने अवस्था छ | आर्थिक-सामाजिक संरचना गतिशिल छैनन् | समाज वसुधैव कुटुम्बकम को भावना मान्न सकिरहेका छैनन् | विपन्न जनता भोक को त्राशमा तड्पिरहेका छन् | जेष्ठनागरिकको वेदना सुन्ने मनहरु निस्क्र्य भएका छन् | उचित औषधि अपचार नपाएर पिडित वर्ग मृत्यु संग लडिरहेका छन् | लाग्छ यो महासंकट महाभारतको कुरुक्षक्षेत्र भन्दा कम छैन |

राज्य संकटको बेला सरकारले सदैब आफु विनयसिल भै जनताको हितमा लाग्नु पर्दछ | धर्मनीतीलाई स्विकारी अचारणमा हिड्ने सरकार चिर स्थाई कीर्तिलाई प्राप्त गर्दछ भन्ने कुरा शुक्र नीतीबाट राज्यसत्ताले केहि सिकुन भन्ने कुरा हो ।”

तर विडम्बना यो महाब्याधिमा जनताप्रति नैतिकता देखाउनु पर्ने बेलामा सरकार भएका गल्तीहरुलाई ढाकछोप गर्न उद्दित देखिन्छन् | स्वास्थ्य सामग्री खरिद प्रकरण, अध्यादेश प्रकरण, डामाडोल शिक्षाक्षेत्र, राष्ट्रको नाममा प्रधानमन्त्रीको निराशाजनक सम्बोधन, लगायतका अशफल क्रियाकलापबाट सरकार असक्षम देखियो | प्रधानमन्त्रीले जंगे शाशन शैलीमा निरङकुश्तालाई बिकाश गर्ने बाहेक प्रशंशा गर्ने काम सुन्य जस्तै बनाए | आज “संवृद्ध नेपाल सुखी नेपाली” सपनाको हत्या भएको अनुभव सारा नेपाली जनतालाई आभास भैरहेको छ |

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ ले जनजीवन त्रसित र भयावह बनाएको छ | देश भित्र र देश बाहिर अलपत्र परेका र दु:ख पाएका नेपालीको उद्धार गर्नुको सट्टा सरकार कुर्सिको खेलमै व्यस्त छन् |यो अन्तरसंघर्ष संगै देशले झेल्दै गरेको महामारी विरुद्धको लडाईं कसरि जित्ला ? होला सरकारले त सत्ता संग जित्ला तर जनताले महामारी संग नहारुन | नत्र एक दिन जनता आफैले हिसाब गर्नेछन | तेतिबेलाको जवाफदेहिता आजको सरकार हुनेछ |
राज्यसत्ताले मौलिक अधिकार खोस्ने, सीमान्तीकृतको आवाज दबाउने तथा प्रत्यक्ष–अप्रत्यक्ष स्वतन्त्र प्रेसलाई खुम्च्याउने काम गरिरहेको छ ।यो महाव्याधिलाई कसरि लिने र कुन विषयलाई प्राथमिकतामा राख्ने भन्ने कुरामा सरकारको अक्षम्य गल्ति देखिन्छ | संकटको यो घडीमा संबिधानको मर्म विपरितका प्रथिमकताले सरकार आफैलाई नै वैधानिकता र वैधता को चङगुलमा फसाएको छ |

यस्तो विषम परिस्थितिमा कोरोना महाव्याधिले देश आक्रान्त भएको बेला स्वास्थ्य क्षेत्रका डाक्टर, नर्स, एम्बुलेन्स चालक र सम्बन्धित कर्मचारीहरुको सुरक्षा प्रबन्धका लागि भरपर्दा र पर्याप्त पिपिई(व्यक्तिगत सुरक्षात्मक उपकरण) सामान उपलब्ध गराउन नसक्नु सरकारको कमजोरी भनौ या गल्ति | स्थानीय तह वास्तवमै अलमल्ल परेका छन् | जे जस्तो भए पनि क्रियाशील स्थानीय तह नै देखियो | सरकार भन्दा जनता परोपकारी देखिए |

राहतको विषयलाई लिएर किन नहोस जनता स्थानीय सरकार संग हातेमालो गर्दै प्रकोप विरुद्ध महायुद्ध लडिरहेका छन् |संघिय सरकार बरालिए पनि स्थानीय सरकारले जिम्मेवारीवोधका साथ काम गरिरहेको छ | आजको कठिन परिस्थितिमा जनता प्रदेश सरकार छ कि छैन भन्ने कुरा बिर्सी सकेका छन् | प्रदेश सरकारले स्थानीय सरकार संग समन्वय गर्न नसक्नुको कारण शक्ति बालुवाटारको सन्दुकमै खुम्च्यौदा आएको समस्या हो |

यो महाव्याधिलाई रोक्न सकिन्न सामना गर्ने हो , बालुवाटारको सन्दुक खोलेर प्रदेश र स्थानीय तह बीच समन्वय गराउनु अतिआवास्यक छ | विखण्डनकरी नीति हैन यो कहर माथि लड्न सक्ने नीति चाहिएको छ , यो विषम घडीलाई सामना गर्ने उचित आर्थिक प्याकेज, उचित योजना तथा जनताको स्वास्थ्य प्रति जिम्मेवार रही स्वास्थ्य संग सम्बन्धित अध्यादेश चाहिएको छ | हावापन्थिका झुण्ड हरुलाई हटाई महाभारतका विदुर जस्ता तेजस्वी विद्वानहरु नियूक्त गर्न जनता आग्रह गर्न चाहन्छन |

महामारीको समय सरकारलाई मद्दत पुर्‍याउनु सबैको दायीत्व हो । तर, विगतमा भएका भ्रष्टाचारको चाङमा थपिएको ओम्नी समूहले ल्याएको स्वास्थ्य सामग्री प्रकरणबाट भने सरकारले सजिलै पार पाइहाल्ने अवस्था देखिँदैन । पार पाउनका निम्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै भूमिका शून्यमा पुग्नुपर्ने हुन्छ । आयोगमाथि सरकारद्वारा दिइँदै आएको मनोवैज्ञानिक दबाबको असर आयोगमा पर्न पुग्यो भने आयोग स्वयंको औचीत्यमाथि नै प्रश्न खडा हुनेछ ।

हुनत ! सरकारको काम शून्य नै छ भन्न खोजेको होइन जति गर्नु पर्थ्यो त्यति गर्न सकेन , शून्य सरि नै देखियो | राजनीति गर्नेबेला गर्ने हो तर कुशल नेतृत्व तेती बेला प्रमाणित हुन्छ जति बेला राष्ट्र समस्यामा पर्छ , जतिबेला जनताले सरकार सँग अभिभावकत्वको आशा गदर्छ त्यो बेला नेतृत्वको क्षमता बुझिन्छ | त्यो क्षमता राज्यसत्ता आफैले प्रमाणित गरिसकियो कति जनप्रिय कति लोकप्रिय भनेर यी सवै कुरा वर्णन गरिराख्नु नपर्ला |

अर्थतन्त्र जोगाउने जिम्मा राज्यको काँधमा छ | भोलिको दिनमा चालिस लाख युवाको व्यबस्थापन कसरि गर्न कस्तो नीति लेराउने सरकारले सोच्नु पर्ने बेला आएको छ | स्वास्थ्य क्षेत्र र आधुनिक कृषिमा अबको बजेट तथा नीति कार्यक्रम राज्यले कसरि प्रस्तुत गर्ने हो सरकारले सहि ढंगले सोच्नुपर्ने बेला आएको छ | भविष्यलाई मध्यनजर गरि सरकारले सहि ढंगको पोलिसी लेराउन नसक्दा नेकपालाई मात्र नभई प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसलाई पनि उत्तिकै चुनौती छ |
यो सन्त्रास र संकटको घडीमा लोकतन्त्र को मर्ममा छुरा हान्ने हैन ,यो बेला नैतिकता भन्दा माथि उठी बोल्ड डिसिजन गर्न सक्नु नै सरकारको सफलताको आभास जनताले गर्न पाउनेछन |
!!!जयतु सदा !!!

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal