टेलिभिजनहरुकाे राेयल्टि र नवीकरण निशुल्क गर्न मन्त्रालय सहमत

टेलिभिजनहरुकाे    राेयल्टि र नवीकरण निशुल्क गर्न मन्त्रालय सहमत

काठमाडौं / निजि क्षेत्रबाट संचालित टेलिभिजनहरुकाे आर्थिक वर्ष ०७६/०७७ को रोयल्टी र ०७७/०७८ को नवीकरण निशुल्क गर्न सुचना तथा संचार मन्त्रालय सहमत भयको छ ।

राष्ट्रिय टेलिभिजन प्रसारक संघ र सन्चार मन्त्रालय बिच निरन्तर भयका ज्ञापनपत्र , ध्यानाकर्षण , बैठक , छलफल , पश्चात याे प्रतिफल प्राप्त भयको संघका अध्यक्ष शंकर अधिकारिले जानकारि दिए ।

०७६/०७७ को रोयल्टी र ०७७/०७८ को नवीकरण निसुल्क गर्न मन्त्रालय सहमत हुनुकाे साथै यस्लाई नीति कार्यक्रम तथा बजेट मै समाबेश गर्ने सहमति भएकाे उनले बताए । जस बाट हरेक टिभिले कम्तिमा १ लाख ५० हजार जति प्राप्त गर्छन ।

काेराेना भाईरसकाे महामारिले व्यावसायमा परेकाे असरले टेलिभिजन संचालकलाई ठुलाे अप्ठ्याराेे परिस्थिति आउन खाेजेकाे बताऊदै तत्कालका राहत स्वरुप केही सरकारी बिज्ञापन उपलब्ध गराउने तर्फ प्रयास जारी रहेकाे अधिकारिले बताए ।

लोक कल्याणकारी बिज्ञापन को समयावधि बढाउने, केबल टिभी लाई १० लाख को राहत बिज्ञापन , एक करोड को सहुलियत रिन जस्ता बिसयमा निरन्तर अर्थ मन्त्री, सचिब, प्रदेश सामाजिक बिकाश मन्त्री , सन्चार सचिब हरु सङ बैठक छलफल सम्बाद भैरहेका उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal