मोबाइल हेर्दै र रेडियो सुन्दै पढ्छन पाँचखालका विद्यार्थि

मोबाइल हेर्दै र रेडियो सुन्दै पढ्छन पाँचखालका विद्यार्थि

काभ्रेपलान्चोक /

पांचखाल नगरपालिकाले लकडाउनको समयमा पनि विद्यार्थी र शिक्षकहरुको समयलाई सदुपयोग गर्न अनलाईन कक्षा शुरु गरेको छ ।

नगरपालिकाले पहिलो चरणमा कक्षा ९ को परीक्षा दिएर बसेका ७ सय ६ तथा एसईईको तयारीमा रहेका ६ सय ५५ जना विद्यार्थीलाई लक्षित गर्दै अनलाईन कक्षा संचालन गरेको हो । शैक्षिक सत्र २०७७ को कक्षागत पाठ्यक्रम बमोजिम विषयगत भिडियो तयार गरि विभिन्न सामाजिक संजाल मार्फत विद्यार्थीको पँहुचमा पुर्याउने निर्णय भए अनुसार अनलाईन कक्षा शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

अनलाईन मार्फत अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयको कक्षा संचालन भईरहेको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिनुभयो । उहाँको अनुसार ९० प्रतिशत भन्दा बढी विद्यार्थीले अनलाईन कक्षाबाट लाभ लिनसक्ने छन् ।

हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म नगरपालिकाको आधिकारीक फेसबुक मार्फत लाईभ कक्षाहरु संचालन भईरहेको छ । इन्टरनेटको पहुँचमा नहुने विद्यार्थीका लागि नगरपालिकाले रेडियो मार्फत पनि कक्षा संचालन गरिहेको छ । अनलाईन र रेडियो मार्फत हरेक दिन प्रत्येक विषयका एक एक वटा पाठलाई समावेश गर्ने गरिएको अन्लाईन शिक्षा समन्वय संयोजक विशाल घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै ठुला कक्षाका विद्यार्थीले साना कक्षाका विद्यार्थीलाई किताव हस्तान्तरण गराउने र त्यसकोलागी विद्यार्थीसम्म आवश्यक सूचना पुर्याउन पाँचखाल नगरपालिकाले संम्वन्धित विद्यालयका प्रधानाध्यापकहरुलाई निर्देशन दिईसकेको नगरका शिक्षा शाखा प्रमुख दिनानाथ पन्थीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal