( कविता ) – लकडाउन, जनता र सरकार

( कविता ) – लकडाउन, जनता र सरकार

-अनुज थापा

किन खोल्ने लकडाउन ? कोभिड टेस्ट रोके भैगो
भोकले जनता सडकमा आय लाठि र बुट ठोके भैगो
जनताको के मतलब भो र ! सरकार छाड्नुनै परे पनि
जाने वेला आफ्नो साथ , दुई चार अर्व वोके भैगो ।

सडक जाम भएपनि जनता घरमा थुन्दे भैगो
कसैले बिरोध गर्यो भने तानाबाना बुन्दे भैगो
चुनाव र भोट त देखाउने दाँत न हो आखिर
खिचातानी नमिलेमा हारेकालाई प्रधानमन्त्री चुन्दे भैगो ।

भ्रष्टाचार म गर्दिन र गर्न दिन्न भन्दे भैगो
कसैले बिरोध गरे सांसदको संख्या गन्दे भैगो
कालाकर्तुत बाहिर निस्किहाल्यो भने पनि
कानों , खोरन्डो र अन्धों एकैपटक वन्दे भैगो ।

खाली खुट्टा जनतालाई पुर्वपश्चिम हिनाईदे भैगो
सुसासनको के वास्ता आफ्नो शक्ति चिनाईदे भैगो
आसें -पासे – हुक्के -चिलिमे र हनुमानहरू नबिच्किय
बाकि जति कराए पनि पीना जसरी पिनाईदे भैगो ।

मर्नुपर्छ एकदिन सबै हामी यस्तो अवसर आउन्न कम्रेड
सचेत छौ हामि पनि मिथ्या आरोप लाउन्न कम्रेड
समृद्द नेपाल सुखी नेपाली वनाउनेनै हो भने
यसरी सुस्ताएर सरकारमा वस्न सधै पाउन्न कम्रेड ।

त्यसैले
गति बढाउ, आखा खोल ,देश र जनताको लागी कर्म गर
कार्यकर्तै लज्जित हुन लागिसके अलिकति सर्म गर
दिनरात नभन जनताको आधारभूत आवश्यकता पुरा गर्न लाग
सधै सरकार तिम्रै हुन्छ वस यत्ति धर्म गर , वस यत्ति धर्म गर ।

यो कसैको आरोप या कसैलाई समर्थन होईन । ईतिहासमै ऐतिहासिक अवसर पाएको यो सरकारले आफ्नो गति बढाओस र देश चाडै समृद्द वनोस भन्ने तिव्र चाहाना हो । समय अझै बाकि छ पार्टीबाट माथी उठेर रास्ट्रिय हितमा तिव्र गतिले काम गरौं सरकार ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal